birat ribon

प्रचण्डको आरोप : ओली राष्ट्रिय हितविरीतका गतिविधिमा लागे

Neuro
प्रचण्डको आरोप : ओली राष्ट्रिय हितविरीतका गतिविधिमा लागे

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय हितविपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन् । शुक्रबार ‘वागमती प्रदेश कँराते च्याम्पियनसिप–२०२१’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।

उनले ओलीबाट देशलाई बन्धकी राख्ने तथा राष्ट्रिय हितविपरीतका गतिविधि गर्ने काम भएको बताए । प्रचण्डले प्रधानमन्त्री राष्ट्रिय हितविपरीतका गतिविधिमा संलग्न भएको खबरहरू आएको भन्दै उनले सो खबरले नेपालीको इज्जत, प्रतिष्ठा र राष्ट्रिय स्वाधिनतामाथि प्रश्न चिन्ह खडा गर्ने दुस्साहस भएको बताए ।

cura insider

नेपालीहरूलाई राष्ट्रहित विरोधी षडयन्त्र स्वीकार नभएको पनि अध्यक्ष दाहालले बताए । उनले केही मानिसहरूले सङ्घीयतालाई खारेज गर्ने र स्थानीय तहलाई दिएको अधिकार खोस्ने सपना देखेको पनि बताए । तर परिवर्तनलाई उल्ट्याउने कुरा नेपाली जनतालाई मान्य नहुने उनले बताए ।

अध्यक्ष प्रचण्डले आर्थिक विकास र समृद्धिको लागि खेल क्षेत्रको भूमिका र महत्व बढ्दै गएको पनि बताए ।

jackson ribon