birat ribon

वाइसिएल विराटनगरको अध्यक्षमा गौतम

Neuro
वाइसिएल विराटनगरको अध्यक्षमा गौतम

विराटनगर / नेकपा माओवादी केन्द्रको भात्री सङ्कठन योङ कम्युनिष्ट लिग (वाइसिएल) विराटनगर अध्यक्षमा प्रवीण गौतम चयन भएका छन् । बिहीबार भएको भेलाले गौतमको अध्यक्षतामा विराटनगर महानगरस्तरीय कमिटी गठन गरेको हो ।

नगर कमिटीको उपाध्यक्षमा मोम्हमद सोनु, सचिवमा सोनु केवट र सहसचिवमा दीपक पाण्डे चयन भएका छन् । सदस्यहरूमा प्रेम श्रेष्ठ, सुदीप श्रेष्ठ, सरोज कर्माकर, कमल धमला, एलबी श्रेष्ठलगायत ५५ जना छन् ।

cura insider

पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता शिवकुमार मण्डल, सांसद अमनलाल मोदी, प्रदेश सांसद विजयकुमार विश्वास, सावित्रीकुमार काफ्ले, गणेश उप्रेतीको उपस्थितिमा भएको भेलाले नयाँ कमिटी गठन गरेको हो । नयाँ कमिटीले नगरको सबै वडाहरूमा कमिटी विस्तार गर्ने तयारी गरेको छ ।

jackson ribon