birat ribon

भेरी अस्पतालमा कोरोना सङ्क्रमित युवकको मृत्यु

Neuro
भेरी अस्पतालमा कोरोना सङ्क्रमित युवकको मृत्यु

नेपालगञ्ज / नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत सुर्खेतका एक सङ्क्रमित युवकको शुक्रबार बिहान मृत्यु भएको छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार गुर्भाकोट–१३, सुर्खेत निवासी ३१ वर्षीय सङ्क्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना पुष्टि भएपछि चैत ३१ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरी उपचार गर्दा गर्दै आज बिहान ७ः३५ बजे उनको मृत्यु भएको हो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले अहिलेको सङ्क्रमणबाट युवाहरू बढी प्रभावित भएको र मृत्यु हुनेहरूमा पनि युवाहरूनै धेरै रहेको बताएका छन् ।

cura insider

मेडिकल कलेजमा ४५ को परीक्षण गर्दा सबैलाई सङ्क्रमण पुष्टि

नेपालगञ्ज मेडिकल कलेजमा बिहीबार सङ्कलन गरेर गरिएको कोरोना परीक्षणमा ४५ जनाको परीक्षण गर्दा शुक्रबार सबैको रिपोर्ट पोजेटिभ आएको छ । परीक्षण गरिएकोमा शतप्रतिशत सङ्क्रमण पुष्टि भएको यो नै पहिलो घटना हो ।

परीक्षण गराएकामध्ये सबैमा सङ्क्रमण पुष्टि भएपछि जिल्लाको अवस्था भयावह रहेको पुष्टि गरेको जनाउँदै सङ्क्रमण रोक्न विभिन्न कदमहरू उठाइएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

jackson ribon