birat ribon

काेराेना सङ्क्रमण देखिएका विद्यालय एक साता बन्द गर्न महानगरपालिकाकाे निर्देशन

Neuro
काेराेना सङ्क्रमण देखिएका विद्यालय एक साता बन्द गर्न महानगरपालिकाकाे निर्देशन

काठमाडौं / काठमाडौं महानगरपालिकाले कोभिड-१९ संक्रमण देखिएका महानगरभित्रका विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार नगरपालिकाको शिक्षा विभागले महानगरभित्रका विद्यालयहरूलाई पत्र पठाउँदै कोरोना संक्रमित देखिएका विद्यालय बन्द गर्न आग्रह गरेको हो ।

cura insider

कोरोना संक्रमित नभएका विद्यालयहरूमा भने कोरोनाविरूद्ध अपनाउनुपर्ने मापदण्ड पूरा गरेर मात्र पठनपाठन गर्न महानगरपालिकाले निर्देशन दिएकाे छ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले ती विद्यालयमा वैकल्पिक माध्यमबाट पढाइ गर्ने पनि निर्णय गरेको बताए ।

काेराेना सङ्क्रमण बढ्दाे क्रममा रहेकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिना शिक्षण संस्था बन्द गर्न सिसिएमसीलाई सिफारिस गरेको छ ।

jackson ribon