birat ribon

फाइनल प्रवेशका लागि युनाइटेडले रोमा तथा आर्सनलले भिल्लारियलसँग खेल्ने

Neuro
फाइनल प्रवेशका लागि युनाइटेडले रोमा तथा आर्सनलले भिल्लारियलसँग खेल्ने

विराटनगर / युइएफए युरोपा लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार राति दुई खेल भएसँगै युरोपको दोस्रो ठूलो फुटबल प्रतियोगिता युरोपा लिगको अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो ।

युरोपा लिगको सेमिफाइनलमा इङ्ग्ल्यान्डका दुई टोली र स्पेन तथा इटालीका समान एक–एक टोली पुगेका छन् । अन्तिम चारमा म्यानचेस्टर युनाइटेड, आर्सनल, रोमा र भिल्लारियल पुगेका छन् ।

cura insider
Image

अब, म्यानचेस्टर युनाइटेडले रोमाको सामना गर्नेछ । पहिलो लेगको खेल २९ अप्रिलमा युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा हुनेछ भने दोस्रो लेगको खेल ६ मेमा रोमाको मैदानमा हुनेछ ।

यस्तै आर्सनलले भिल्लारियलसँग उसैको मैदानमा २९ अप्रिलमै पहिलो लेगको खेल खेल्नेछ । ६ मेमा यी दुईले आर्सनलको मैदानमा खेल्नेछन् ।

फाइनल खेल भने २६ मेमा पोल्यान्डमा हुनेछ ।

jackson ribon