birat ribon

भारतमा सङ्क्रमितको सङ्ख्यामा नयाँ रेकर्ड, एकै दिन एक हजार बढीको मृत्यु

Neuro
भारतमा सङ्क्रमितको सङ्ख्यामा नयाँ रेकर्ड, एकै दिन एक हजार बढीको मृत्यु

विराटनगर / भारतमा पछिल्लो २४ घण्टामा दुई लाखभन्दा बढिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । भारतमा दुई लाख १६ हजार तीन सय ५३ जना मानिसमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

भारतमा थपिएको नयाँ सङ्क्रमितको यो सङ्ख्या भाइरसको महामारी सुरु भएदेखिकै सबैभन्दा उच्च हो । भारतमा हिजो दुई लाख सात सय ३९ मा सङ्क्रमण पुष्टि भएको थियो । योसँगै भारतमा सङ्क्रमित हुनेको कुल सङ्ख्या एक करोड ४२ लाख ९१ हजार नौ सय १७ पुगेको छ ।

cura insider

विश्वभरको तथ्याङ्कको आधारमा सङक्रमित हुनेको कुल सङ्ख्यामा भारत दोस्रो स्थानमा रहेको छ । सात दिनमा १२ लाख बढी सङ्क्रमित थपिएसँगै ब्राजिललाई उछिनेर दोस्रो स्थानमा पुगेको थियो । यसैगरी भारतमा गत २४ घण्टाको अवधिमा एक हजार एक सय ८५ जनाको मृत्यु भएको छ । योसँगै भारतमा सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या एक लाख ७४ हजार तीन सय ३५ पुगेको छ ।

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या १५ लाख ६९ हजार सात सय ४३ रहेको छ । हालसम्म एक करोड २५ लाख ४३ हजार नौ सय ७८ भन्दा बढी मानिस सङ्क्रमणबाट निको भइसकेका छन् ।

jackson ribon