birat ribon

फोहोर पानी समुन्द्रमा नफाल्न जापानलाई चीनको आग्रह

Neuro
फोहोर पानी समुन्द्रमा नफाल्न जापानलाई चीनको आग्रह

विराटनगर / आणविक भट्टीबाट निस्किने फोहोर पानी समुन्द्रमा फाल्न थालेपछि जापानसँग चीन असन्तुष्ट बनेको छ ।

यस्तो काम अब तत्काल बन्द गर्न पनि चीनले आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयले जापानले आणविपक भट्टीबाट निस्कने दूषित पानी फालेको भन्दै यसमा सम्वेदनशील बन्न जापान सरकारसँग आग्रह गरेको हो ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले जापानको आणविक प्लान्टबाट निस्किने फोहोर पानी समुद्रमा छोडिएको प्रति चीन र दक्षिण कोरियाले गम्भीर चिन्ता र असन्तुष्टि व्यक्त गरेको जानकारी दिए ।

cura insider

चीन र दक्षिण कोरियाले एक दिन पहिले सामुद्रिक मामिला सम्वाद र सहयोग संयन्त्रको बैठक आयोजना गरेर समुद्रमा फोहोर पानी फालिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । दुवै पक्षले समुद्रमा आणविक फोहोर पानी निकाल्ने जापानको ‘एकपक्षीय’ निर्णयको विरोध गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रवक्ता चाउले जापानको आणविक फोहोर पानी सुरक्षित छ भन्ने दावी मात्र एकपक्षीय तथ्याङ्कमा मात्र निर्भर रहेको र यसको अन्तर्राष्ट्रिय वातावरणमामिला अध्ययन गर्ने संघसंस्था तथा छिमेकीहरूको विश्वास लिन आवश्यक रहेको उल्लेख गरेका छन् ।

jackson ribon