birat ribon

विश्वमा सङ्क्रमित सङ्ख्या १४ करोडनजिक

Neuro
विश्वमा सङ्क्रमित सङ्ख्या १४ करोडनजिक

विराटनगर / विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १४ करोडनजिक पुगेको छ । विश्वमा दिन प्रतिदिन सङ्क्रमण बढ्दो क्रममा रहेको छ ।

एकै दिन विश्वमा आठ लाख १२ हजार नौ सय ५९ जना नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या १३ करोड ९६ लाख ४२ हजार पाँच सय ८१ पुगेको हो । सङ्क्रमितमध्ये ११ करोड ८७ लाख ३६ हजार चार सय सात जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

cura insider

एक करोड ७९ लाख सात हजार आठ सय ४५ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये एक लाख छ हजार छ सय ९६ जनाको अवस्था चिन्ताजनक छ । विश्वमा पछिल्लो २४ घण्टामा १३ हजार तीन सय २५ जना सङ्क्रमितको ज्यान गयो । हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुने सङ्क्रमितको सङ्ख्या २९ लाख ९८ हजार तीन सय २९ पुगेको छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन ७१ हजार नौ सय १३ जना सङ्क्रमित थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड २२ लाख २१ हजार पाँच सय ७३ पुगेको छ । कोरोना पुष्टि भएकामध्ये दुई करोड ४७ लाख ६९ हजार नौ सय ९६ जना उपचारपछि निको भएका छ ।

६८ लाख ७२ हजार छ सय दुई जनाको उपचार जारी रहेकोमा नौ हजार सात सय ५६ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा आठ सय ७७ जनाको मृत्यु भयो । अमेरिकामा अहिलेसम्म पाँच लाख ७८ हजार नौ सय ७५ जना सङ्क्रमितको ज्यान गइसकेको छ ।

छिमेकी मुलुक भारतमा एकै दिन दुई लाख १६ हजार आठ सय ५० जना नयाँ बिरामी थपिए । यो सङ्ख्या पछिल्लो २४ घण्टाभित्र विश्वमा विभिन्न मुलुकमा थपिएका सङ्क्रमितको भन्दा उच्च हो । भारतमा सङ्क्रमित सङ्ख्या एक करोड ४२ लाख ८७ हजार सात सय ४० पुगेको छ । सङ्क्रमितमध्ये एक करोड २५ लाख ४३ हजार नौ सय ७८ उपचारपछि निको भएका छन् ।

१५ लाख ६९ हजार चार सय २७ जनाको उपचार भइरहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारतमा पछिल्लो २४ घण्टाभित्र एक हजार एक सय ८३ सङ्क्रमितले ज्यान गुमाए । कोरोनाका कारण अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या एक लाख ७४ हजार तीन सय ३५ पुगेको छ । भारत कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा एकै दिन ८० हजार पाँच सय २९ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ३७ लाख ५८ हजार ९३ पुगेको छ । कोरोना पुष्टि भएकामध्ये एक करोड २२ लाख ३६ हजार दुई सय ९५ जना उपचारपछि निको भएका छन् । ११ लाख ५५ हजार आठ सय ४४ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा तीन हजार सात सय ७४ जनाको कोरोनाका कारण मृत्यु भयो । ब्राजिलमा एकै दिन मृत्यु भएको यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । ज्यान गुमाउने सङ्ख्या अरु मुलुकको भन्दा धेरै पनि हो । ब्राजिलमा अहिलेसम्म तीन लाख ६५ हजार नौ सय ५४ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । कोरोनाका कारण प्रभावित हुनेमध्ये ब्राजिल विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

jackson ribon