birat ribon

विराट गोल्डकप : उपाधिका लागि पञ्जावले एपिएफको सामना गर्ने

Neuro
विराट गोल्डकप : उपाधिका लागि पञ्जावले एपिएफको सामना गर्ने

विराटनगर । विराटनगरमा जारी छैटौं सङ्स्करणको विराट गोल्डकपको उपाधिका लागि भारतको पञ्जाव पुलिस क्बल र विभागिय टोली एपिएफ काठमाडौंँ भिड्ने भएका छन् । बिहीबार दाेस्राे सेमिफाइनल खेलमा आहा रारा गोल्डकपको च्याम्पियन संकटा क्लबलाई हराउँदै पञ्जाव पुलिसले एपिएफसँगकाे भेट पक्का गरेकाे हाे ।

विराटनगरको सहिद मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा विराट गोल्डकपको पूर्व विजेता पनि रहेको संकटालाई १–० गोलले निराश बनाउँदै पञ्जाव फाइनलमा पुगेको हो । उपाधिको लागि शनिबार बिभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाडौँसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

cura insider

पहिलो पटक गोल्डकपमा भाग लिएको पाहुना टोली पञ्जावले खेलको ७५ औं मिनेटमा परमजीत सिंहले निर्णायक गोल गर्दै टिमलाई फाइनलमा पुर्याए । हरजीन्द्र सिंहले निकालिदिएको क्रस पासलाई परमजीतले पेलान्टि एरिया नजिकदेखि गरेको प्रहार गोलमा परिणत भएको थियो ।

यसअघि संकटाले आरा रारा गोल्डकपमा क्यामरुनलाई ४–२ गोलले हराउँदै उपाधि जितेको थियो ।

खेलको म्यान अफ द म्याच पंजावको निर्णायक गोल गर्ने परमजित सिंह घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

झगडा गरेपछि दुई खेलाडीलाई रेड काड

खेल सकिएपछि संकटा र पंजावका खेलाडीबीच झगडा भएपछि दुई जना खेलाडीले रेड कार्ड पाएका छन् । पञ्जावका कप्तान जगदीप सिंह र संकटाका सहिद स्माटले रेड कार्ड पाएका हुन् ।

रेफ्री श्याम दनुवारले खेल सकिएको घोषण गरेसँगै संकटा र पंजावका खेलाडीले विवाद गरेका थिए । झगडा गर्ने मध्येका दुई जना खेलाडीलाई रेप्री दनुवारले रेड कार्ड दिएका हुन् । रेड कार्ड पाएसँगै पञ्जावका कप्तान जगदीपले फाइलनमा खेल्न नपाउने भएका छन् ।

jackson ribon