birat ribon

कोरोना अतिप्रभावित जिल्लामा भिडभाड नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

Neuro
कोरोना अतिप्रभावित जिल्लामा भिडभाड नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

विराटनगर / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना अति प्रभावित जिल्लाहरूमा भिडभाड हुने गतिविधि नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ । मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले आज एक विज्ञप्ति जारी गर्दै काठमाडौँ उपत्यकालगायतका मन्त्रालयको वर्गीकरणमा परेका कोरोना अति प्रभावित जिल्लाहरूमा यस्ता गतिविधि नगर्न अनुरोध गरेको हो ।

चितवन, कास्की, रुपन्देही, बाँके, बारा, पर्सा, कैलाली, दाङ, सुर्खेत र बागलुङलगायत जिल्लालाई मन्त्रालयले अति प्रभावित जिल्लाका रूपमा वर्गीकरण गरेको छ । यी जिल्लाहरूमा भिडभाड हुने खालका मनोरञ्जन तथा खेलकुदजस्ता गतिविधि नगर्न र गर्नैपरे भिड नहुने गरी गर्न आग्रह गरेको छ । यी जिल्लाहरूमा होटल, रेस्टुरेन्टलगायतका व्यापार–व्यवसाय सात बजेसम्म मात्र गर्न पनि मन्त्रालयले भनेको छ ।

cura insider

बढ्दो सङ्क्रमणबाट सतर्क रहन र स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । सबै नागरिकलाई स्वास्थ्यप्रति संवेदनशील बनिदिन आग्रह गर्दै मन्त्रालयले सबै अस्पतालहरूलाई अनिवार्यरूपमा फिवर क्लिनिक सञ्चालन गर्न तथा कोभिड परीक्षणका लागि नमुना सङ्कलन तगा परीक्षणको व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

विभिन्न होटलहरूमा बस्ने व्यक्तिहरूको विवरण दुरुस्त राख्नुपर्ने, कोभिड १९ पुष्टि भएका बिरामीलाई दुःख दिने हिसाबले अन्य अस्पतालमा पठाउन नपाइने र सबै सरकारी अस्पतालमा कम्तीमा ५० प्रतिशत बेड कोभिडका बिरामीका लागि छुट्याएर तोकिएअनुसार निःशुल्क उपचार गर्नुपर्ने निर्देशन दिएको छ । मन्त्रालयले यसअघि नै कुनै पनि ठाउँमा २५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाइने निर्णय गरिसकेको छ ।

jackson ribon