birat ribon

नायक किशोरमाथि जबर्जस्ती करणी गरेको आरोप

Neuro
नायक किशोरमाथि जबर्जस्ती करणी गरेको आरोप

काठमाडौँ / नायक किशोर खतिवडा लामो समयदेखि सिनेमा क्षेत्रबाट टाढा छन् । तर केही दिनयता सामाजिक सञ्जालमा नायक खतिवडा निकै चर्चामा छन् । सकारात्मकरूपमा होइन नकारात्मकरूपमा ।

दुई दिनअघि युट्युबमा एउटा भिडियो सार्वजनिक भयो, जहाँ लक्ष्मी नाम गरेकी युवतीले नायक किशोर खतिवडाविरुद्ध गम्भीर आरोप लगाएकी थिइन् । उनको आरोप थियो, किशोरले नशालु पदार्थ सेवन गरी आफूसँग शारीरिक सम्बन्ध बनाएको र पछि गर्भपतन गराएको थियो ।

cura insider

एकपटक मात्र होइन, नायक खतिवडाले तीन पटक आफ्नो गर्भपतन गराएको उनको आरोप छ । लक्ष्मीले भिडियोमा किशोर खतिवडाले आफूसँग पैसा सापटी लाने गरेको र धेरै यातना दिँदै आएको बताएकी छन् ।

खतिवडाले भने आराेप अस्वीकार गरेका छन् ।

jackson ribon