birat ribon

विराटनगर आठसहित प्रदेशमा थपिए १६ सङ्क्रमित

Neuro
विराटनगर आठसहित प्रदेशमा थपिए १६ सङ्क्रमित

विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा १६ जना कोरोना सङ्क्रमित भेटिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार तीन जिल्लामा १६ जना सङ्क्रमित भेटिएका हुन् ।

मोरङमा आठ, सुनसरीमा ६, झापा र प्रदेश १ बाहिरका एक–एक जनामा सङ्क्रमण देखिएको हो । मन्त्रालयका अनुसार विराटनगरमा आठ, सुनसरीको इटहरीमा तीन, देवानगञ्ज, बर्जु र धरानमा एक–एक, झापाको कमल गाउँपालिकामा एक र प्रदेश १ बाहिरका एक जना रहेका छन् ।

cura insider

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार पाँच सय ३२ पुगेको छ । सङ्क्रमित मध्ये २९ हजार आठ सय ७० सङ्क्रमणमुक्त भएका छन् । एक सय ९५ जना सक्रिय सङ्क्रमित छन् ।

jackson ribon