birat ribon

विराटनगरमा सवारी दुर्घटना : प्रहरी अधिकृतको मृत्यु

Neuro
विराटनगरमा सवारी दुर्घटना : प्रहरी अधिकृतको मृत्यु

विराटनगर / विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी निरीक्षकको मृत्यु भएको छ । चैत २९ गते बिहान ९ बजे भएको दुर्घटनामा घाइते भएका ५५ वर्षीय प्रहरी निरीक्षक महावीर यादवको बिहीबार बिहान मृत्यु भएको हो ।

विराटनगरमा निर्माणाधीन सडकमा गरिएको लापरबाहीका कारण विराटनगर–१३ घर भएका इन्सपेक्टर यादव दुर्घटनामा परेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार को१प ६७३८ नम्बरको मोटरसाइकलमा विराटनगर–१३ नहर छेउस्थित निर्माणाधीन सडकमा टाँगिएको डोरीमा अल्झिएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते यादवको विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

cura insider

सडक कालोपत्रे गर्नलाई बाटो बन्द गर्न टाँगिएको डोरीमा अल्झिएर दुर्घटना हुँदा यादवको घाँटीमा गहिरो चोट लागेको थियो । सो सडकमा निर्माण कम्पनी भूमि कन्सट्रक्सनले काम गरिरहेको छ । सवारी साधनको चाप अत्याधिक रहेका बेला वरपर कुनै सङ्केत नराखी एक्कासि कन्सट्रक्सनका कामदारले पूर्व र पश्चिममा रहेको बिजुलीको पोलमा डोरी टाँगेर बाटो बन्द गरेका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यादव अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निलम्बनमा परेका प्रहरी अधिकृत हुन् । अख्तियारले २०७४ सालमा शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अदालतमा मुद्दा दायर गरेको थियो ।

मृतकका भतिजा नागेन्द्र यादवका अनुसार निर्माणाधीन सडकमा सवारी साधन अवातजावतमा रोक लगाउनका लागि कामदारले त्यतिबेलै डोरी टाँगेका थिए । धुलोका कारण प्रष्टसँग नदेखिँदा डोरी घाँटीमा अल्झिएर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको उनले बताए ।

विराटनगरमा उपचार हुन नसकेपछि हेलिकप्टर चार्टर गरेर काकालाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिएपनि सम्भव नभएको बताए ।

jackson ribon