birat ribon

बिहीबार कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु

Neuro
बिहीबार कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु

विराटनगर / नेपालमा बिहीबार कोरोना भाइरस सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जनाएको छ ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ६६ पुगेको मन्त्रालयले जनाएको छ ।

cura insider

पछिल्लो २४ घण्टामा पाँच सय ३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । चार हजार एक सय ५२ परीक्षण गर्दा पाँच सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयले तीन हजार पाँच सय ८८ पिसिआर र पाँच सय ६४ एन्टिजेन परीक्षण गरिएको जनाएको छ । पिसिआर परीक्षण गराएकामध्ये चार सय ९० जना र एन्टिजेन परीक्षण गराएकामध्ये ४४ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ५४ पुगेको छ ।

यस्तै आज एक सय ५७ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७४ हजार छ सय चारपुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार तीन सय ८४ रहेको मन्त्रालयले जनाएको छ ।

jackson ribon