birat ribon

फागोकै नेतृत्वमा साङ्घातिक आक्रमण भएको भन्दै न्यायका लागि अपिल

Neuro
फागोकै नेतृत्वमा साङ्घातिक आक्रमण भएको भन्दै न्यायका लागि अपिल

विराटनगर / उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोसहितको टोलीले श्रीमानमाथि साङ्घातिक आक्रमण गरेको भन्दै श्रीमतीले न्यायका लागि आग्रह गरेकी छन् । बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै श्रीमती नीता बस्नेतले न्यायका निम्ति आग्रह गरेकी हुन् ।

चैत ३० गते सोमबार उर्लाबारी–५ का विष्णुप्रसाद भण्डारीको संरचना निर्माणकार्य रोकिएको विषयमा जानकारी लिन जाँदा उर्लाबारी–८ का नारायण बस्नेतमाथि मेयर फागोसहित ८÷१० जनाको समूहले साङ्घातिक आक्रमण गरेको बस्नेतसँगै नगरपालिका पुगेका उर्लाबारी–९ का इन्द्र लामाले बताए । नगरपालिका परिसरभित्रै साङ्घातिक आक्रमणमा परेका श्रीमानलाई उद्धार गर्नुको साटो प्रहरीले फागोकै दबाबमा अभद्र व्यवहार कसुरमा मुद्दा चलाएको बताइन् ।

cura insider

बस्नेतकी श्रीमती नीता बस्नेतद्वारा जारी पे्रस विज्ञप्तिमा भनिएको छ, ‘पीडित भण्डारीले मेयर फागोसहितलाई प्रतिवादी बनाएर दिएको उजुरीलाई ठाडो निवेदन भनेर प्रहरीले दर्ता गर्न अस्वीकार गरेर समतामूलक न्यायको धज्जी उडाएको छ । मुटुको औषधि खाइरहेका मेरा श्रीमानलाई थप सास्ती दिएर जीवन–मरणको दोसाँधमा पुर्‍याएकाले पत्रकार, मानवअधिकारकर्मीलगायत सबै सरोकावालामा जीवन रक्षा र सकुशल रिहाइका लागि पहल गरिदिनुहुन जोडदार माग गर्दछु ।’

प्रत्यक्षदर्शीका अनुसार विष्णुप्रसाद भण्डारी र नारायण बस्नेतलाई नगर प्रमुख फागोसहित उनका भतिजा दुर्गा फागो र मोरङ जिल्ला फुटबल सङ्घका अध्यक्ष दिपेन्द्र घिमालले निर्घात कुटपिट गरेका थिए ।

jackson ribon