birat ribon

युके भेरिएन्ट अत्यधिक सङ्क्रामक, रोगको गम्भीरता भने नबढाउने

Neuro
युके भेरिएन्ट अत्यधिक सङ्क्रामक, रोगको गम्भीरता भने नबढाउने

विराटनगर / बी.१.१.७ भनिने कोरोना भाइरसको युके भेरिएन्ट अत्यधिक सङ्क्रामक भए पनि यसले रोगको गम्भीरता नबढाउने अध्ययनले देखाएको छ ।

पहिलेको सङ्क्रमणसँगको तुलनामा गर्दा भाइरसबाट सङ्क्रमित बिरामी पर्ने क्रम बढ्दै गए पनि रोगका कारण बिरामी गम्भीर नहुने वा मृत्युदर नबढ्ने दुई फरक अध्ययनले देखाएको हो । ल्यान्सेट इन्फेक्सियस डिजिज र ल्यान्सेट पब्लिक हेल्थ नामक दुई छुट्टै जर्नलमा प्रकाशित अध्ययनमा संलग्न गराइएका अस्पताल भर्ना भएका सङ्क्रमितमा रोग गम्भीर भएको कुनै प्रमाण भेटिएको छैन ।

cura insider

धेरै सङ्क्रामक भनिने उक्त भेरिएन्टका कारण सङ्क्रमितले गम्भीर लक्षणहरू अनुभव नगरेको भए पनि शरीरमा भाइरल लोड भने बढी देखिने पाइएको छ । अध्यननमा युके भेरिएन्ट र नन युके भेरिएन्टबाट सङ्क्रमित भएकामा रोगको गम्भीरता अध्ययन गरिएको थियो । तीन सय ४१ बिरामीमध्ये ५८ प्रतिशतमा युके भेरिएन्टबाट र बाँकी नन युके भेरिएन्टबाट सङ्क्रमित भएको पत्ता लाग्यो ।

अन्वेषकहरूले भेरिएन्टको भिन्नता र रोगको तीव्रताबीच सम्बन्ध भएको कुनै प्रमाण भेटाएनन् । युके भेरिएन्टका कारण गम्भीर बिरामी हुने वा मृत्यु हुने ३८ प्रतिशतको थियो भने नन युके भेरिएन्टबाट सङ्क्रमित भएकामा ३६ प्रतिशत गम्भीर बिरामी हुने वा मृत्यु हुने पाइयो । बिरामीहरूको पिसिआर परीक्षण गर्दा लिइएको स्वावको नमुनाहरूमा युके भेरिएन्टबाट सङ्क्रमित भएकामा भाइरसको मात्रा नन युके भेरिएन्टबाट सङ्क्रमित भएकोमा बढी हुने देखियो ।

युके भेरिएन्टले समग्र प्रजनन सङ्ख्या वा आर नम्बरलाई पहिलेकको तुलनामा १.३५ गुणा बढाएको छ । जुन सङ्क्रमणको तीव्र गतिमा छिटो फैलिरहेको सूचक हो । भाइरसमा भएको उत्परिवर्तनले भाइरसलाई कोषमा टासिन सजिलो बनाएको छ, जसले सङ्क्रमणलाई छिटो फैलाएको छ । जसकारण बच्चा तथा युवा समूहका मानिस पनि पहिलेको तुलनामा धेरै सङ्क्रमित भइरहेका छन् ।

jackson ribon