birat ribon

फाइनल प्रवेशका लागि रियलले चेल्सी तथा पिएसजीले सिटीको सामना गर्ने

Neuro
फाइनल प्रवेशका लागि रियलले चेल्सी तथा पिएसजीले सिटीको सामना गर्ने

विराटनगर / बुधबार राति दुई खेल भएसँगै युरोपियन च्याम्पियन्स लिगमा सेमिफाइनलको समीकरण पूरा भएको छ । गए राति स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले सेमिफाइनलमा स्थान बनाएसँगै अन्तिम चारमा पुग्ने टिमको टुङ्गो लागेको हो ।

त्यसअघि मङ्गलबार इङ्ग्लिस क्लब चेल्सी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले सेमिफाइनलमा बनाएका थिए । यस पटकको च्याम्पियन्स लिगको सेमिफाइनलमा दुई वटा इङ्ग्लिस क्लब छन् भने फ्रान्स र स्पेनका एक–एक वटा टोली छन् ।

cura insider

अब, फाइनल प्रवेशका लागि सर्वाधिक धेरै पटकको विजेता टोली रियलले इङ्ग्लिस क्लब चेल्सीको सामना गर्नेछ । पहिलो लेगको खेल २७ अप्रिलमा रियलको मैदानमा हुनेछ भने दोस्रो लेगको खेल चेल्सीको मैदानमा ५ मेमा हुनेछ ।

यता, फ्रान्सको च्याम्पियन पिएसजीले सिटीसँग पहिलो लेगको खेल २८ अप्रिलमा खेल्नेछ भने दोस्रो लेगको खेल ४ मेमा खेल्नेछ । पहिलो लेगको खेल पिएसजीको मैदानमा हुँदा दोस्रो लेगको खेल सिटीको घरमा हुनेछ ।

सेमिफाइनलका सबै खेल नेपाली समयानुसार राति १२ः४५ बजेबाट सुरु हुनेछन् । फाइनल खेल भने २९ मेमा स्तानबुलस्थित अतारुन ओलम्पिक स्टेडियममा हुनेछ ।

jackson ribon