birat ribon

समाजवादी निर्वाचन प्रणालीको आवश्यकता छ : गोपाल किराती

Neuro
समाजवादी निर्वाचन प्रणालीको आवश्यकता छ : गोपाल किराती

विराटनगर / नेकपा (माओवादी) का अध्यक्ष गोपाल किरातीले भारतीय कम्युनिस्ट पाटी (माओवादी) ले गर्न लागेको हड्तालमा समर्थन गर्ने बताएका छन् । बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै किरातीले अप्रिल २६ तारिकमा हुने उक्त हड्तालमा समर्थन गर्ने बताएका हुन् ।

उनले भारतीय विस्तारवाद विरोधी आन्दोलन भएका कारणले पनि उक्त आन्दोलनको समर्थन गर्न लागिएको बताए । उनले पत्रकार सम्मेलनमा गणतन्त्र रक्षाका निम्ति चुनौती थपिएकोसमेत बताएका छन् ।

cura insider

अहिलेको निर्वाचन प्रणाली दलाल पुँजीवादी भएको भन्दै उनले भने, ‘यसलाई खारेज गरेर समाजवादी निर्वाचन प्रणाली लागू गर्न आवश्यकता छ ।’ उनले प्रधानमन्त्री केपी ओलीसँग डराएर पार्टीको नाम फेरेको नभएर अदालतले अन्याय गरेको र एकपटकलाई अन्याय सहेको बताए ।

नेकपा (माओवादी) को सरकार बनेको खण्डमा सरकार बनेको १० दिनमा ठूला महत्वपूर्ण काम गर्ने राईले बताए । उनले भने, ‘हाम्रो सरकार बनेको खण्डमा सम्पूर्ण वैदेसिक ऋण खारेज गर्ने र एक रुपैयाँ पनि विदेशी ऋण नलिने सङ्कल्प गर्नेछौँ, राष्ट्रसेवाको क्षेत्रलाई समाजवाद लागू गर्नेछौँ ।’

सरकारका कामकारवाहीका बारेमा अहिले खासै केही भन्न आवश्यकता नभएको राईले बताए ।

jackson ribon