birat ribon

पत्रकारिता र यसलाई हेर्ने दृष्टिकोण

Neuro
पत्रकारिता र यसलाई हेर्ने दृष्टिकोण
टीकाप्रसाद भट्ट


पछिल्लो समय पत्रकारितालाई समाजले हेर्ने दृष्टिकोण स्वार्थमा अडिएको छ । पत्रकारिताको मर्म, भावना र सिद्धान्तअनुरूप राज्य र समाजले यसलाई ग्रहण गरेको छैन । स्वार्थ मिलेका बेला पत्रकारिताको माध्यमबाट लाभ लिन खोज्ने र स्वार्थ नमिलेका बेला भने पत्रकारितालाई काम नलाग्ने पेसा–व्यवसायको रूपमा चित्रण गर्ने पछिल्लो पुस्ता डरलाग्दो रूपमा देखिएको छ । यसमा सरकार, समाज र स्वयम् पत्रकारहरू समेत अछुता छैनन् ।

दोस्रो जनआन्दोलन पत्रकारिताको बलमा सफल भयो । त्यसमा कसैको मतभिन्नता छैन । आमनागरिकले पत्रकारहरूले कुन धारलाई पक्रे, त्यसलाई हेरेर आन्दोलनको स्वरूप र आकार दिए । आन्दोलन उठाउनका लागि पत्रकारहरूले ज्यानै दिएको त्यो दृष्टान्त त्यतिबेला धेरै महत्त्वका साथ समाजका अरू अङ्गले लिने गरेको थियो । अहिले फरक के छ भने त्यो बेलाको महत्व राखेको उक्त पेसालाई लत्याउँदै छ । अप्ठेरो परेको बेला अर्थात् काम परून्जेल सम्झने नत्र वास्ता नगर्ने सामाजिक चरित्रकै रूपमा यसलाई समेत लिने गरिएको छ भन्दा अन्यथा नहोला ।

cura insider

अरूको कुरा आउँदा रमाउने तर आफ्नो वास्तविक कुरा आउँदा पत्रकारितालाई धिक्कार्ने, लल्कार्ने र तुच्छ शव्द प्रयोग गरी गाली–गलौज गर्ने परिपाटी विद्यमान छ ।

सामाजिक रूपमा पत्रकारितालाई बुझ्ने दृष्टिकोणमा एकरूपता नभएकै कारण राजाको प्रत्यक्ष शासनको बेला सडकमा रहेका राजनीतिक दललाई सत्तामा पु¥याउने भ¥याङ्को रूपमा प्रयोग भएको पत्रकारिता क्षेत्र एकपछि अर्को सङ्कटको सामाना गरिरहेको छ । यहाँ सत्तामा पुग्नका लागि पत्रकारिताको प्रयोग गर्ने नेताहरूले सत्तामा पुगेपछि आम सञ्चारलाई अङ्कुश लगाउने कानुन, निर्देशिका र परिपत्र जारी गर्दै आएका छन् । पत्रकारिता समाजको ऐनाको रूपमा होइन, आफ्नो नियन्त्रणमा राख्नमै मजा मान्ने शासकहरू एकपछि अर्को उदाउँदै गएका छन् ।

आफ्नो समर्थनमा बोल्यो भने काखी च्याप्ने अनि कर्तव्यबाट चुकेको विषय सञ्चार माध्यममा उठाउनेबित्तिकै त्यसलाई पीत पत्रकारिता भन्ने, छाडातन्त्र हुनेजस्ता अभिव्यक्ति आउनु किमार्थ यस क्षेत्रका लागि सहन गर्न सक्ने विषय हुन सक्दैन । पत्रकारिता कसैको स्वार्थ पूरा गर्ने साधन या माध्यम हुनु हुँदैन । यदि कसैले त्यो सोच्छ भने यसको विकासमा अझै कयौँ वर्षसम्म तगाराहरू आइरहन्छन् । पत्रकारिता स्वतन्त्र हुन सक्दैन, मौलाउन सक्दैन । अरूको दया र निगाहमा बाँच्नुपर्ने बाध्यतामा पत्रकारिता क्षेत्र साँघुरिएरै रहन्छ ।

पत्रकारिता समाजको एउटा जिम्मेवार पेसा हो । यसले समाजमा घटेका घटना मात्र पस्किँदैन । राज्य र नागरिकलाई पुलको रूपमा जोड्छ । राज्यको आँखा नपुगेको या पुगेर पनि राज्य प्रचलित ऐन कानुनविपरीतको काम गरिरहेको छ भने उसका कुरा सार्वजनिक गर्ने माध्यम हो । यसले राज्यलाई नीति, विधि र पद्धतिभन्दा बाहिर नजानका लागि सीमा निर्धारण गर्छ । नागरिकले सुसूचित हुने अवसर पाउँछन् । नेतृत्व कुन ठीक भन्ने धारणा बनाउन सक्छन् । भावी दिनमा सही नेतृत्व र नीतिलाई अङ्गिकार गर्नका लागि पत्रकारिताले समाजलाई खुराक दिइरहेको हुन्छ ।

पत्रकारिता कसैको स्वार्थ पूरा गर्ने साधन या माध्यम हुनु हुँदैन । यदि कसैले त्यो सोच्छ भने यसको विकासमा अझै कयौँ वर्षसम्म तगाराहरू आइरहन्छन् । पत्रकारिता स्वतन्त्र हुन सक्दैन, मौलाउन सक्दैन । अरूको दया र निगाहमा बाँच्नुपर्ने बाध्यतामा पत्रकारिता क्षेत्र साँघुरिएरै रहन्छ ।

पछिल्लो समय हाम्रो समाज पनि जस्तो नेता त्यस्तै चरित्रको भइसकेको छ । अरूलाई गाली गर्न पत्रकारितालाई माध्यम बनाउने नागरिक समाज आफ्नो कुरा आउँदा पचाउने हैसियत राख्दैन । अरूको कुरा आउँदा रमाउने तर आफ्नो वास्तविक कुरा आउँदा पत्रकारितालाई धिक्कार्ने, लल्कार्ने र तुच्छ शव्द प्रयोग गरी गालीगलौज गर्ने परिपाटी विद्यमान छ । यसको अर्थ अरूको कुरामा औँला ठड्याउने नागरिक समाजले समेत पत्रकारितालाई सही रूपले ग्रहण गर्न सकेको छैन । अरूको के कुरा गरौँ ।

गाली–गलौजको शृङ्खला नेता, कर्मचारीको माथिल्लो वर्ग, सुरक्षाकर्मी, जनप्रतिनिधि सबैको एकै खालको छ । पत्रकारिता क्षेत्रको विकासका लागि शासकहरूले जति काम गरेर सघाएका छन् त्यसभन्दा बढी गाली–गलौज गरेका छन् । पत्रकारहरूलाई आफ्नो खेताला सम्झने राज्य संयन्त्र तबसम्म रहन्छ, यसको परिणाम योभन्दा माथिल्लो तहको आशा गर्नु पनि बेकार छ ।

पत्रकारिताको विकासका बाधक सरकारमा रहने नेता, उनीहरूका चाकरीबाज कार्यकर्ता, सरकारी कानुन र तिनको कार्यान्वयनका लागि बसेका अधिकारी मात्र छैनन् । स्वयम् पत्रकारहरू पनि पत्रकारिताको विकासका बाधक बनेर खडा हुने गरेका छन् ।

पत्रकारिताको धर्म निर्वाहभन्दा पनि पार्टीमा आबद्ध भएर आफ्नालाई चाकडी र अरूलाई गाली गर्ने पत्रकारहरूको कमी छैन । पार्टीअनुकूलका सङ्घ–सङ्गठनमा ती विभक्त छन् । स्वार्थ पेसाको हैन, विचारको छ । विचार नमिल्दा एकले अर्कोलाई पत्रकारको रूपमा देख्दैन, व्यवहार गर्दैन ।

स्वार्थ मिलेको आफ्नो नेताको कुरा लेख्ने आफ्नै साथी किन नहोस् एक पत्रकारले अर्को पत्रकारलाई खेद्ने र उसले लेखेको समाचारको खण्डन गर्ने परिपाटी हाम्रो पत्रकारिता जगतमा विकास हुने क्रममा छ । आफ्नो नेताले खाएको, हिँडेको, लगाएको, बोलेको, सभामा घुरेको, निदाएको मात्र हैन, आची गरेको पनि राम्रो देख्ने केही पत्रकारहरूले त्यस्तो कुरा अर्कोले देखिदियो भने अनर्थ बुझ्ने र खण्डनमै उत्रने काम हुनुले समाजका अन्य अङ्गले पत्रकारितालाई त्यसभन्दा अलग या राम्रो ढङ्गले हेरिदिऊन भनेर आशा गर्ने ठाउँ रहँदैन । त्यसैले पनि वास्तविकता केलाउन जरूरी छ ।

पत्रकारिताको विकासका बाधक सरकारमा रहने नेता, उनीहरूका चाकरीबाज कार्यकर्ता, सरकारी कानुन र तिनको कार्यान्वयनका लागि बसेका अधिकारी मात्र छैनन् । स्वयम् पत्रकारहरू पनि पत्रकारिताको विकासका बाधक बनेर खडा हुने गरेका छन् ।

शासकहरूले समाजका विभिन्न अङ्गहरूलाई भजाउने, छिन्नभिन्न पार्ने, फुटाउने र राजनीति गर्न लगाउने गरेका छन् । कर्मचारी, न्यायाधीश, सेना, प्रहरी, पत्रकार, उद्योगी व्यवसायी, वकिललगायतका पेसा–व्यवसाय गर्नेलाई लडाएर शासन गर्ने गरिएको छ । यसको उदाहरण थुप्रै निर्णयहरूमा देखापरेका छन् । पेसाकर्मी तिनै नेतृत्वको भक्तिगानमा केन्द्रित छन् । सर परेको बेला टाँडमाथि उक्लिएर अर्कोलाई दबाउने प्रवृत्ति हरेक क्षेत्रमा छ, पत्रकारिता पनि त्यसभन्दा अछुतो रहन सकेको छैन ।

पत्रकारिताभित्रै पनि यसलाई हेर्ने दुईटा आँखा छन् । केन्द्र र जिल्लालाई फरक आँखाले हेरिन्छ, व्यवहार गरिन्छ । समाचारलाई त्यसैअनुसार ठाउँ दिइन्छ । कुनै बकम्फुसे समाचार पनि केन्द्रका पत्रकारले लेख्दा राम्रो हुन्छ । त्यसले प्रायः ठाउँ बाहिरै पाउँछ । भित्रै पायो भने पनि ठूलै आकार लिन्छ तर जिल्लाबाट गएको समाचार फालिन्छ । ठाउँ हुँदैन । राम्रै लेखे पनि त्यसलाई हेरिँदैन किनकि त्यहाँ केन्द्रको हाल्नै पर्ने परिवेश हुन्छ । केन्द्रको मानिस सम्पादकसँग जोडिन्छ । जिल्लाकाले सम्पादकलाई भेट्दैन, चिन्छ तर सम्पादकले जिल्लाकालाई चिन्दैन, चिनिरहनुपर्छ भन्ने दरकार पनि राख्दैन । जिल्लाको पत्रकारको दुःख मर्म बुझिँदैन ।

जिल्लामा रहेका पत्रकारहरूको व्यथा माथिका पत्रकारले बुझ्दैनन् भने समाज र शासक वर्गले बुझेनन् भनेर चिन्ता पनि किन गरिरहनु ? माथिल्ला तहका भनाउँदा पत्रकारले अवसर सबै आफँैले लिन्छन् । स्वदेश विदेशका तालिम, तक्मा, पुरस्कार, नाम, दाम, इज्जत सबै केन्द्रले पाउने गर्छ । जिल्लाका पत्रकारहरूले उनीहरू भन्दा धेरै राम्रो कलम चलाउने भए पनि अवसर पाउँदैनन् । अवसर पाउलान् र जित्लान् भन्ने कुरामा सायद केन्द्रमा बस्नेहरू सधैँ सशङ्कित हुन्छन् । केन्द्रबाट जिल्लामा आउने ठूला भनाउँदा पत्रकारहरूले लेख्ने विषय फुत्त प्रकाशित हुन्छ । मानौँ जिल्लामा बस्नेले त्यो विषय उठाउँदै उठाएका थिएनन् । यो प्रवृत्ति पत्रकारिता क्षेत्रमै हुनु योभन्दा ठूलो दुःख के हुन्छ ? यसले जिल्लाका पत्रकारको भावना उँचो बनाउन मद्दत गर्नुभन्दा खस्किँदो अवस्थामा छ ।

पत्रकारिता गर्नका लागि राजधानीबाहिर थुप्रै सञ्चार संस्था दर्ता भएका पाइन्छन् तर नियमित छैनन् । जिल्लामा पत्रकारितालाई टिकाउनका लागि पत्रकार सक्षम भएर पुग्दैन । समाज र अर्थ बजारले पत्रकारितालाई बुझ्नु पर्दछ । पत्रकारहरू रहे, सञ्चार संस्था सञ्चालनमा आइरहे र समाजका गतिविधि प्रसार–प्रचारमा ल्याइराखे भोलिका दिनमा सामाजिक विषय उठान गर्न र समाजलाई सही ठाउँमा राखिराख्न सकिन्छ भन्ने धारणाको विकास तल्लो तहमा भएकै छैन् । पत्रकारहरूले केवल उसको पेटका लागि लेख्ने र सञ्चार संस्था भिक्षा माग्ने योगीको जस्तो मागी हिँड्ने संस्थाको रूपमा समाजले जबसम्म लिन्छ, तबसम्म न पत्रकारहरूको इज्जत रहन्छ, न सञ्चार संस्थाको ।

फेरि पनि भनौँ सञ्चारमाध्यमलाई आफूअनुकूल प्रयोग भएन भने गाली–गलौज गर्ने पक्षको दिमागमा पत्रकारिता पेसाको सकारात्मक पक्ष घुसाउनु जरुरी छ । बिपी कोइराला प्रधानमन्त्री भएपछि पत्रिका निकाल्नका लागि आफैँले पैसा दिएर आफ्ना नराम्रा कुराहरू लेखिदिन पत्रिका प्रकाशन गर्न आग्रह गरेको प्रसङ्गलाई समाजले बुझ्न सक्नुपर्छ । गलत काम गर्नेलाई आफूले गलत त गरेको छु, तर कसैले थाहा पाएको छैन के हुन्छ र ? भन्ने सोच जबसम्म रहन्छ तबसम्म उसले गलत काम गरिरहन्छ, सुधार हँुदैन । कुनै न कुनै दिन जब गलत कामको पर्दाफास हुन्छ, उसले उम्कने या सुध्रने मौका गुमाइसकेको हुन्छ । त्यसैले पत्रकारिता त्यस्तो माध्यम हो, जसले समाजका नकारात्मक कुरालाई उठाएर गलत कामलाई बेलैमा सुधारको बाटोमा ल्याउन मद्दत गरिरहेको हुन्छ ।

पत्रकारहरूले केवल उसको पेटका लागि लेख्ने र सञ्चार संस्था भिक्षा माग्ने योगीको जस्तो मागी हिँड्ने संस्थाको रूपमा समाजले जबसम्म लिन्छ, तबसम्म न पत्रकारहरूको इज्जत रहन्छ, न सञ्चार संस्थाको ।

राजधानीबाहिरको पत्रकारितालाई विभिन्न आयामसँग गाँसेर स्थानीय सरकारहरूले यसको विकासका लागि सघाउने अवस्था अहिले छ । तर पछिल्ला केही वर्षहरूमा आफ्नो पक्षमा या राजनीतिक खेमाको सञ्चार गृहलाई लाखौँ अनुदान दिने र अर्को पक्षलाई तिरष्कार गर्ने परिपाटी मौलाएको छ । यसले पत्रकारिताको समग्र विकास हुँदैन । यसले त पर्चाकारितालाई निम्त्याइरहेको छ । समाचार नहुने विषयलाई जबर्जस्ती समाचार बनाएर फोटो पोस्याउने चलन त्यसैको पराकाष्ठा हो । पैसा भयो भने विज्ञापनलाई पनि समाचार वनाउने या समाचार नहुने विषयलाई पनि समाचार बनाउने परिपाटी अरूले हैन, पत्रकारहरूले नै अँगाल्न थालेका छन् ।

पत्रकारहरूको आचारसंहिताको कुरा पनि यहाँनेर उठाउनै पर्छ । नेपाल प्रेस काउन्सिलले पत्रकारहरूका लागि बनाएको आचारसंहिता देखाउनका लागि मात्र भएको छ । दलगत पत्रकारले सबैभन्दा बढी यसको बर्खिलापमा काम गरेका छन् । समाजले पत्रकारको आचारसंहिताको कुरा पनि त्यही बेला उठाउँछ, जतिबेला आफ्नो अनुकूल लेखिँदैन । प्रेस काउन्सिलको पत्रिका वर्गीकरण, सूचना विभागको पत्रकार परिचय पत्र र रातो कार्ड, सञ्चार गृहको पत्रकारहरूका लागि दिइने नियुक्ति र न्यूनतम बेतनलगायतका विषय हेर्दा यो क्षेत्र सायद नेपालमा सबैभन्दा बढी सुधार गर्नुपर्ने क्षेत्रकै रूपमा रहेको छ भन्दा अत्युक्ति नहोला ।

jackson ribon