birat ribon

विराट गोल्ड कप : फाइनल प्रवेशका लागि सङ्कटा र पञ्जाव पुलिस भिड्दै

Neuro
विराट गोल्ड कप : फाइनल प्रवेशका लागि सङ्कटा र पञ्जाव पुलिस भिड्दै

विराटनगर / विराटनगरमा छैटौँ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुँदै छ । साँझ ७ बजेबाट सुरु हुने उक्त खेलमा सङ्कटा क्लब काठमाडौँले भारतको पञ्जाव पुलिससँग खेल्नेछ ।

विराटनगरस्थित सहिद रङ्गशालामा हुने खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै फाइनल प्रवेश गर्ने दाउमा छन् । यस खेलको विजेता टोलीले शनिबार उपाधिका लागि सशस्त्र बलको एपिएफ क्लबसँग खेल्नेछ ।

cura insider

एपिएफ घरेलु टिम विराटनगर–११ लाई सेमिफाइनलमा ३–२ गोलले हराउँदै फाइनल पुगिसकेको छ ।

गत आइतबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र क्लब काठमाडौँलाई २–० गोलले हराउँदै पन्जाब पुलिसले अन्तिम चारमा स्थान पक्का गरेको हो भने मङ्गलबार चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा क्यामरुनको अफ्रिकन रुट्स एसोसियसनमाथि १–० गोलको जित निकाल्दै सङ्कटा अन्तिम चारमा प्रवेश गरेको हो ।

आगामी वैशाख ४ गतेसम्म हुने प्रतियोगितामा नेपाली र विदेशी गरेर १० टिमको सहभागिता छ । प्रतियोगिताका विजेताले १५ लाख १५ रुपैयाँ र ट्रफी तथा उपविजेताले सात लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा विभिन्न सातवटा विधामध्ये उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, व्यवस्थापक, मिड फिल्डर, डिफेन्स, गोलकर्ता र टिमले समान नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसबाहेक प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिइने छ ।

jackson ribon