birat ribon

अपर तामाकोसीमा भएको ढिलाइ असह्य : प्रधानमन्त्री ओली

Neuro
अपर तामाकोसीमा भएको ढिलाइ असह्य : प्रधानमन्त्री ओली

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले अपर तामाकोसीको काममा भइरहेको ढिलाइ सैह्य नहुने बताएका छन् ।

बिहीबार नापी कार्यालयबाट अनलाइन प्रणाली नेलिस तथा मेरो कित्तामार्फत सेवा प्रवाहको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अपर तामाकोसीको काममा अस्वभाविक रुपमा ढिलाइ गरिएको भन्दै यस्तो ढिलासुस्ती सह्य नहुने बताए ।

cura insider

अपर तामाकोसीको काममा दैनिक १३ करोड रुपैयाँ नोक्सान भइरहेकाले काम किन ढिलो भइरहेको छ भन्नेमा आफूले विशेष रुचि बढाउनुपर्ने आवश्यकता रहेको पनि प्रधानमन्त्री ओलीले बताए । काममा ढिलासुस्ती भएमा ढिलासुस्ती गर्नेले नै त्यसको क्षतिपूर्ति व्यहोर्नुपर्ने पनि उनले बताए ।

प्रधानमन्त्री ओलीले देशमा खाद्यान्नको अभाव नहुने गरी उत्पादन भएको भए पनि गलत आनीबानीका कारण खाद्य सङ्कट पर्ने गरेको बताए । उनले भूमि समस्यालाई समाधान गर्न र कृषिलाई व्यावसायिक रुपमा अगाडि बढाउन सरकार लागेको पनि बताए ।

नेपालले खाद्यवस्तु अन्य देशमा निर्यात गर्नुपर्नेमा उनको जोड छ । दुई÷तीन वर्षभित्रमा नेपालबाट खाद्यान्न निर्यात गर्ने गरी काम अगाडि बढाएको पनि उनले बताए । विगत वर्षहरुदेखि व्यापार असन्तुलनलाई कम गर्दै लगेको बताउँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा व्यापार असन्तुलन हुन नदिने पनि उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले अन्य कुरामा निर्यातमा जोड दिए पनि लगानी र प्रविधि भने आयत गर्ने बताए । कृषिको क्षेत्रमा आत्मनिर्भर हुन सके अन्य विभिन्न क्षेत्रमा आत्मनिर्भर हुने बाटो खुल्ने भन्दै उनले कृषिको आधुनिकीकरण र व्यावसायीकरणमार्फत आत्मनिर्भर हुन जोड दिए ।
प्रधानमन्त्री ओलीले कोरोना सङ्क्रमण बढ्दो अवस्थामा रहेकाले सजग र सचेत हुनका लागि सबैलाई आग्रहसमेत गरे ।

jackson ribon