birat ribon

चोरी भएका मोटरसाइकल सवारीधनीलाई जिम्मा

Neuro
चोरी भएका मोटरसाइकल सवारीधनीलाई जिम्मा

काठमाडौँ / महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका मोटरसाइकल तथा स्कुटर खोजतलास गरी सम्बन्धित सवारीधनीलाई जिम्मा लगाएको छ ।

महाशाखाले विभिन्न ठाउँबाट खोजतलास गरी बजामद गरिएको १७ वटा मोटरसाइकल र नौवटा स्कुटर बिहीबार (आज) सम्बन्धित सवारीधनीलाई जिम्मा लगाएको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बरामद गरिएका मोटरसाइकलहरु सम्बन्धित धनीलाई बुझाएका हुन् ।

cura insider

ती मोटरसाइकल काठमाडौँ उपत्यकाका विभिन्न स्थान तथा धादिङ, चितवन, मकवानपुर र बारा जिल्लाबाट चोरी भएका थिए । एसएसपी भट्टराईले महाशाखाले सवारीसाधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिइरहेको बताए ।

चोरी भएका मोटरसाइकलहरू नम्बर प्लेट र स्वरुप परिवर्तन गरी नक्कली कागजपत्र बनाई बेचबिखन गर्ने गरेको पाइएकोसमेत एसएसपी भट्टराईले बताए । महाशाखाले काठमाडौँ उपत्यकामा हुने सवारीसाधन चोरीका घटनालाई नियन्त्रण तथा त्यसमा संलग्न हुनेलाई कारवाही गर्ने प्रक्रिया अगाडि बढेको पनि बताए । यस्तै सवारीसाधन हराउन नदिन निगरानी बढाउने र सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको एसएसपी भट्टराईले बताए ।

ट्राफिक प्रहरीले यस आर्थिक वर्षमा मात्रै हराएका तीन सय ५७ वटा मोटरसाइकल खोजतलास गरी सवारीधनीलाई जिम्मा लगाएको छ । यस्तै चोरीमा संलग्न ४७ जनालाई पक्राउ गरी विभिन्न प्रहरी वृत्तमार्फत मुद्दा चलाएको महाशाखाले जनाएको छ ।

jackson ribon