birat ribon

विपद्का घटनाबाट एक वर्षमा पाँच सय ९२ जनाको मृत्यु

Neuro
विपद्का घटनाबाट एक वर्षमा पाँच सय ९२ जनाको मृत्यु

विराटनगर / एक वर्षभित्र विभिन्न विपद्का घटनामा परेर पाँच सय ९२ जनाको मृत्यु गएको छ । एक वर्षमा भएका चार हजार एक सय ५७ विपद्का घटनामा परेर पाँच सय ९२ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

उक्त अवधिमा विपद्का घटनामा परेर एक सय एक जना बेपत्ता भएका छन् भने एक हजार एक सय ६७ जना घाइते भएका छन् । यो अवधिमा दुई हजार पाँच सय ८५ आगलागीका घटना भएका छन्, जसबाट ९७ जनाको मृत्यु भएको छ । आगलागीबाट ३ सय ९७जनाघाईते भएको प्राधिकरणले जनाएको छ ।

cura insider

यस्तै, दुई सय ४७ चट्याङका घटनाबाट ७० जनाको मृत्यु भएको छ भने दुई सय २४ जना घाइते भएका छन् । यसैगरी सर्पदशंका ५६ वटा घटनाबाट २१ जनाको मृत्यु भएको छ । ३९ जना घाइते भएका छन् । एक वर्षमा जनावर आक्रमणका दुई सय ४३ घटना घटेका छन् । जसबाट ३७ जनाको मृत्यु र एक सय ९२ जना घाइते भएका छन् ।

त्यसैगरी, बाढीमा परेर ४२ जनाको मृत्यु भएको छ भने ३७ जना बेपत्ता र ११ जना घाइते भएका छन् । एक वर्षको अवधिमा पहिरोका चार सय ८९ घटना घटेका छन् । जसबाट तीन सय एक जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । यस्तै, पहिरोमा परेर ६४ जना बेपत्ता भएका छन् भने दुई सय २६ जना घाइते भएका छन् ।

यसैगरी, उक्त अवधिमा अविरल वर्षाका कारण १५ जनाको मृत्यु भएको छ भने ५६ जना घाइते भएका छन् । हावाहुरीका कारण आठ जनाको मृत्यु गएको छ भने १७ जना घाइते भएका छन् । यसैगरी हिमपातका कारण एक जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

jackson ribon