birat ribon

इब्राहिमोभिकलाई तीन वर्ष प्रतिबन्ध हुन सक्ने

Neuro
इब्राहिमोभिकलाई तीन वर्ष प्रतिबन्ध हुन सक्ने

विराटनगर / एसी मिलानका स्ट्राइकर ज्लाटान इब्राहिमोभिकलाई तीन वर्षको प्रतिबन्ध लाग्नेसक्ने जनाइएको छ । स्विडेनको मिडियाले जनाएअनुसार इब्राहिमोभिकले जुवा (बेट)सम्बन्धी कम्पनीमा लगानी गरेको र प्रचार–प्रसार गरेको आरोपमा फुटबलको सर्वोच्च निकाय फिफाले उनीमाथि तीन वर्षको प्रतिबन्ध लगाउनसक्ने सम्भावना छ ।

माल्टामा रहेको बेटिङ कम्पनीको १० प्रतिशत सेयर किनेको बताइएको छ । बेथहार्डमा रहेको सो कम्पनी चौथो ठूलो बेटिङ खेलाउने संस्था हो । सन् २०१९ मा उसको कर तिरेपछिको आम्दानी मात्र २५.७९ मिलियन पाउन्ड थियो ।

cura insider

उनको लगानीको बारेमा स्विडेनको राष्ट्रिय फुटबल टिमलाई जानकारी भएकोसमेत बताइएको छ । फिफाको नियमअनुसार कुनै पनि खेलाडीले बेटसम्बन्धी कम्पनीमा संलग्न हुन पाउँदैन ।

तर सोही नियम तोडेर इब्राहिमोभिकले काम गरेपछि उनीमाथि तीन वर्ष फिफा वा युइएफएका खेलमा सहभागिता हुन नपाउनेगरी प्रतिबन्ध लाग्न सक्ने खतरा रहेको स्विडेनको मिडिया ‘एफ्टनब्लाडेट’ले जनाएको छ ।

खबरका अनुसार सन् २०१८ मा एबी नामक एक कम्पनीसँग इब्राहिमोभिक जोडिएका थिए । सो कम्पनीका कार्यकारी निर्देशक इरिक स्कार्पले इब्राहिमोभिकले लगानी तथा प्रचार–प्रसार गरेका थिए । उनको प्रसार–प्रसारका कारण कम्पनीले करिब ३० मिलियन नाफा गरेको थियो ।

यसबारेमा अनुसन्धान भइरहेको उल्लेख गर्दै एफ्टनब्लाडेटले दोषी पाइएमा इब्राहिमोभिकले तीन वर्षसम्मको प्रतिबन्ध र एक लाख युरो जरिवाना तिर्नुपर्ने छ ।

jackson ribon