birat ribon

खोपको दोस्रो डोजपछि गम्भीर साइड इफेक्ट

Neuro
खोपको दोस्रो डोजपछि गम्भीर साइड इफेक्ट

विराटनगर / विश्वका धेरै जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

तीमध्ये धेरैलाई यसको साइड इफेक्ट पनि देखिएको छ । खोपको पहिलो डोज लिँदा हल्का वा कुनै साइड इफेक्ट देखिएको थिएन भने दोस्रो डोज लिँदा गम्भीर प्रकारको साइड इफेक्ट देखिनसक्ने बताइएको छ । खोपको पहिलो डोज लिएका मानिसमा केही पनि साइड इफेक्ट नदेखिएको वा हल्का ज्वरो, खोप लगाएको ठाउँमा दुखाइ वा सुन्निने, रातो हुने, टाउको तथा शरीरको दुखाइलगायत सामान्य साइड इफेक्ट देखिएको थियो ।

cura insider

यी साइड इफेक्टहरू खोपले काम गरिरहेको भन्ने सामान्य सङ्केत हुन् । पहिलो डोजले शरीरलाई भाइरससँग कसरी प्रतिक्रिया गर्न सक्छ भनेर सिकाउँछ । दोस्रो डोजले भने भाइरसलाई रोक्न र सुरक्षालाई सुदृढ पार्न काम गर्छ । दोस्रो खोप प्राप्त गरेपछि प्रतिरक्षा प्रणाली अधिक बलियो हुन्छ । पहिलो डोज लिँदा केही साइड इफेक्ट नदेखिएकामा समेत दोस्रो डोजपछि साइड इफेक्ट देखिनसक्छ ।

त्यो पनि गम्भीर खालका । गम्भीर वा कडा खालका साइड इफेक्ट देखिनु भनेको कोषले शरीरलाई सुरक्षा गर्नका लागि अधिक एन्टिबडी उत्पादन गर्दै भन्ने बुझिन्छ । दोस्रो डोज खोप लिएपछि अत्यधिक थकान हुने, शरीर गलेकोजस्तो, दुखाइ हुने, कमजोर भएको, वाकवाकी लाग्ने, वान्ता हुने, टाउको दुखाइ, शरीर काप्नेलगायत साइड इफेक्ट देखिन सक्छ ।

युवा व्यक्तिहरूमा खोपको साइड इफेक्ट देखिने सम्भावना बढी हुन्छ । त्यस्तै, पुरुषको तुलनामा महिलामा गम्भीर प्रकारका साइड इफेक्ट देखिने हुन्छ । खोप लिनेबित्तिकैभन्दा पनि लिएको एकदेखि दुई दिनमा साइड इफेक्ट देखिने हुन्छ ।

साइड–इफेक्ट एक वा दुई दिनमा आफैँ हराउने तथा यसलाई सजिलैसँग व्यवस्थापन पनि गर्न सकिन्छ ।

तर, खोप लगाएपछि कुनै साइड इफेक्ट लामो समयसम्म रहिरहे वा दैनिक काममा यसले बाधा पुर्‍याएमा यसका बारेमा आफ्नो डाक्टरसँग परामर्श लिनुपर्ने हुन्छ । खोप लगाएको सबैमा साइड इफेक्ट देखिन्छ भन्ने पनि हुँदैन । जसकारण साइड इफेक्ट देखिएको छैन भने खोपले काम नगर्ने भन्ने हुँदैन । यो व्यक्तिको प्रतिरक्षा प्रणालीमा निर्भर गर्ने हुन्छ ।

jackson ribon