birat ribon

नायिका ऋचा शर्माले शेयर गरिन् आमा बन्न लागेको भावनात्मक स्टाटस

Neuro
नायिका ऋचा शर्माले शेयर गरिन् आमा बन्न लागेको भावनात्मक स्टाटस

विराटनगर / नयाँ वर्षको पहिलो दिन (बुधबार) बिहान नयिका ऋचा शर्माले सामाजिक सञ्जालमा भावनात्मक स्टाटस लेख्दै एउटा तस्बिर पोस्ट गरिन् ।

तस्बिरमा नायिका शर्मा र उनका श्रीमान् दिपेक्षविक्रम राणाले एउटा रुखको बिरुवामा पानी हाल्दै गरेको देख्न सकिन्छ । तस्बिर सामान्य देखिए पनि ऋचाले लेखेको स्ट्याटस भावनात्मक थियो ।

cura insider

ऋचाले लेखेकी छिन्, ‘आमाले भन्नु हुन्थ्यो, आफ्नो सन्तान भएपछि थाहा पाउँछस् । आज त्यही कुरा स्मरण आइरहेको छ । एउटा जीवनलाई गर्भमा हुर्काउने सौभाग्य पाउँदा आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड्कनभन्दा कोही अरुको धड्कन मभित्र प्यारो आभास भइरहेको छ । त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले सजीवनको रुख रोप्दैछौँ । यो नयाँ जीवनको आगमन र यो रुखको अटुट साथ सधैँ बनिरहोस् भन्ने तपाईहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु । मेरी आमा पनि पर क्षितिजबाट भन्दै हुनुहुन्छ होला, छोरी आज ठूली भई ।’

नायिका शर्माले आफू आमा बन्न लागेको खुसीको खबर यस्तो भावनात्मक स्टाटस लेख्दै दिएपछि धेरैले बधाई दिँदै उनको शब्दहरूको तारिफ गरेका छन् । नायिका ऋचा शर्मा र दीपेक्षविक्रम राणाले गतवर्ष वि.सं २०७६ सालको मङ्सिर महिनामा बिहे गरेका थिए ।

jackson ribon