birat ribon

रियल मड्रिडको कीर्तिमानमा निरन्तरता : पछिल्ला ११ वर्षमा नौ पटक सेमिफाइनलमा

Neuro
रियल मड्रिडको कीर्तिमानमा निरन्तरता : पछिल्ला ११ वर्षमा नौ पटक सेमिफाइनलमा

विराटनगर / स्पेनिस क्लब रियल मड्रिड सर्वाधिक धेरै च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने टोली हो । हालसम्म ऊ ३० पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगिसकेको छ । अरू कुनै क्लबले पनि यति धेरै अनुभव सङ्गालेका छैनन् । अझ, सबैभन्दा धेरै पटक च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने टोलीको सूचीमा रियलको नजिक पनि कुनै क्लब आउन सकेका छैनन् ।

यस सूचीको दोस्रो स्थानमा जर्मन क्लब बायर्न म्युनिख छ । साविक विजेतासमेत रहेको ऊ ११ पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । रियलको खास प्रतिद्वन्द्वी मानिने बार्सिलोना १६ पटक अन्तिम चारमा पुगेको छ भने इटालियन टिम एसी मिलान १२ पटक सेमिफाइनलमा पुगेको छ ।

cura insider
Image

पछिल्ला सिजनहरूमा हेर्नुपर्दा ११ वर्षमा नौ पटक रियल सेमिफाइनलमा पुगेको छ । र, सोही समयभित्र उसले चार पटक उपाधि पनि जितेको छ । त्यसो त रियल सर्वाधिक धेरै च्याम्पियन्स लिगको उपाधि विजेता पनि हो । उसले सबैभन्दा धेरै १३ पटक उपाधि जितेको छ । यस्तै तीन पटक फाइनलमा पुगेको छ ।

सन् २०१०–११ को सिजनमा जोसे मौरिन्होले रियलको नेतृत्व गर्दा क्वार्टरफाइनलबाटै बाहिरिएको थियो । त्यसयता २०१८–१९ को सिजनसम्म लगातार अन्तिम चारको यात्रा गर्दै आएको थियो ।

पछिल्लो एक दशकमा रियल आठ पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । बार्सिलोना भने पछिल्लो एक दशकमा पाँच पटक अन्तिम चारमा पुगेको छ ।

jackson ribon