birat ribon

युके भेरिएन्टका कारण नेपालमा सङ्क्रमण तीव्र

Neuro
युके भेरिएन्टका कारण नेपालमा सङ्क्रमण तीव्र

विराटनगर / नेपालमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलनुमा युके भेरिएन्ट मुख्य जिम्मेवार भएको पाइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले पछिल्लो समयमा युके भेरिएन्टका कारण सङ्क्रमण फेरि तीव्र गतिमा फैलिरहेको हुनसक्ने बताएका हुन् । संसारमा फैलिरहेको युके भेरिएन्टसहित भारतमा देखा परेको डबल म्युटन्ट भेरिएन्टको कोरोना भाइरस पनि नेपालमा भेटिएको छ ।

cura insider

डा. पौडेलका अनुसार सरकारले जनवरीको पहिलो तारिखबाट एस–जीन पोजेटिभिटीका हिसाबले अध्ययन सुरु गरेको छ । विश्व स्वास्थ्य सङ्गठनबाट मान्यताप्राप्त हङकङस्थित प्रयोगशालामा एस–जीन नेगेटिभ भएका १० र पोजेटिभ भएका पाँच गरी १५ वटा नमुना पठाइएको थियो । १० वटा एस–जीन नेगेटिभ नमुनामध्ये नौ जनामा युके भेरिएन्ट भएको प्रमाणित भएको हो ।

ती नौ जना २१ देखि ५९ वर्ष उमेर समूहका रहेको बताइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार युके भेरिएन्ट १.६ प्रतिशत बढी सङ्क्रामक छ । साथै, यसबाट सङ्क्रमण भएपछि देखिने लक्षण पनि पहिलेको भन्दा धेरै रहेको छ भने मृत्युदर पनि बढी रहेको उनले बताएका छन् ।

नेपालमा हालसम्म एक सय ५८ जनामा युके भेरिएन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । तीमध्ये २१ देखि ३० वर्षका ३८ जना र ३१ देखि ४० वर्षका ३६ जना छन् भने एकदेखि २० वर्षका मानिसहरूमा पनि उक्त भेरिअन्ट फैलिरहेको पाइएको छ । त्यस्तै, पाँच जना एस–जीन पोजिटिभ नमुमा पठाइएकामध्ये एक जनामा भारतमा देखिएको डबल म्युटेन्ट भाइरस फेला परेको थियो ।

jackson ribon