birat ribon

एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु, सह–चालक गम्भीर

Neuro
एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु, सह–चालक गम्भीर

विराटनगर / झापाको शिवसताक्षी नगरपालिका–१ दूधेमा आज (बिहीबार) बिहान भएको एम्बुलेन्स दुर्घटनामा परेर चालकको मृत्यु भएको छ ।

पूर्व–पश्चिम लोकमार्गमा पश्चिमतर्फ आउँदै गरेको ना २१ च ७९८४ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रित भएर बिहान ४ः२० बजेतिर दुर्घटनामा परेको थियो । एम्बुलेन्स दुर्घटना हुँदा चालक ललितपुर घर भएका ३० वर्षीय उत्सव घिमिरेको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि बी एण्ड सी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

cura insider

दुर्घटनामा एम्बुलेन्सका सह–चालक ३० वर्षीय सन्तोष तामाङ गम्भीर घाइते भएका छन् । उनको बी एण्ड सी अस्पतालमै उपचार भइरहेको छ । प्रहरीले तीव्र गतिका कारण एम्बुलेन्स दुर्घटनामा परेको जनाउँदै घटनाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

jackson ribon