birat ribon

कोसी अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

Neuro
कोसी अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

विराटनगर / विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत कोरोना भाइरस सङ्क्रमित एक जना महिलाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–४ बरगाछीकी ४६ वर्षीया महिलाको आज (बिहीबार) बिहान ४ः३० बजेतिर ज्यान गएको हो । अस्पतालका निमित्त संयोजक एपोलो भगतका अनुसार मृतक महिला उपचारका लागि नोबेल अस्पताल पुगेकी थिइन् । पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई थप उपचारका लागि नोबेलले बुधबार दिउँसो कोसी कोभिड अस्पताल रेफर गरेको हो ।

cura insider

भगतका अनुसार गम्भीर अवस्थामा दिउँसो ४ बजेतिर महिलालाई अस्पतालमा भर्ना गरेर उपचार थालिए पनि बचाउन सकिएन । उनले शव व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिए । मृतक महिलाका श्रीमान पनि कोरोना सङ्क्रमित हुन् । परीक्षण रिपोर्ट पोजिटिभ आएका उनको पनि अहिले कोसी कोभिड–१९ उपचार केन्द्रमै उपचार जारी रहेको भगतले बताए ।

jackson ribon