birat ribon

ट्याक्टरबाट खसेर सह–चालकको मृत्यु

Neuro
ट्याक्टरबाट खसेर सह–चालकको मृत्यु

विराटनगर / पाँचथरमा ट्याक्टरबाट खसेर सह–चालकको ज्यान गएको छ । याङबरक गाउँपालिका– १ सुकेधाम आलुबारीस्थित भित्री कच्ची सडक खण्डमा बुधबारसाँझ दुर्घटना भएको हो ।

सुकेधामबाट च्याङथापुतर्फ आउँदै गरेको प्र १–०१–००१ त ८९६७ नम्बरको ट्याक्टरबाट खसेर सह–चालक फाल्गुनन्द गाउँपालिका–४ का २८ वर्षीय रोशन चेमजोङको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरबाट लडेर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल पाँचथरमा राति १२ बजेतिर ज्यान गएको हो ।

cura insider

ट्याक्टर र चालक कुम्मायक गाउँपालिका– ३ का २३ वर्षीय कालीबहादुर तामाङलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान थालेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सडकको अवस्था बिग्रिएकाले दुर्घटना भएको खुलेको छ ।

jackson ribon