birat ribon

रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

Neuro
रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

विराटनगर / स्पेनिस क्लब रियल मड्रिड युरोपको सर्वाधिक ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा इङ्ग्लिस क्लब लिभरपुलसँग गोलरहित बराबरी खेलेपनि समग्रमा ३–१ को जितसहित रियल अन्तिम चारमा प्रवेश गरेको हो ।

लिभरपुलको मैदान एन्फिल्डमा गए राति दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । अघिल्लो लेगमा ३–१ गोलको जित निकालेका कारण रियल सेमिफाइनलमा प्रवेश गरेको हो ।

cura insider

गए राति भएको अर्को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मनीको बोरुसिया डर्टमुण्डलाई २–१ गोलले हराउँदै समग्रमा ४–२ नतिजासहित अघिल्लो चरणमा स्थान बनायो ।

jackson ribon