birat ribon

भारतमा नयाँ सङ्क्रमितको सङ्ख्यामा ‘रेकर्ड ब्रेक’, एकै दिन झन्डै दुई लाख जनामा कोरोना पुष्टि

Neuro
भारतमा नयाँ सङ्क्रमितको सङ्ख्यामा ‘रेकर्ड ब्रेक’, एकै दिन झन्डै दुई लाख जनामा कोरोना पुष्टि

विराटनगर / छिमेकी मुलुक भारतमा कोरोना भाइरसका नयाँ थपिएका सङ्क्रमितको सङ्ख्यामा ‘रेकर्ड ब्रेक’ भएको छ ।

एकै दिन अहिलेसम्मकै धेरै जनामा कोरोना पुष्टि भएको हो । भारतमा पछिल्लो २४ घण्टामा झन्डै दुई लाख नयाँ बिरामी थपिएका छन् । एकै दिन एक लाख ९९ हजार पाँच सय ६९ जनामा कोरोना पुष्टि भएको छ । भारतमा यति धेरै जनामा एकै पटक सङ्क्रमण पुष्टि भएको पहिलो पटक हो ।

cura insider

भारतमा हालसम्म सङ्क्रमित सङ्ख्या एक करोड ४० लाख ७० हजार आठ सय ९० पुगेको छ । सङ्क्रमितमध्ये एक करोड २४ लाख २६ हजार एक सय ४६ जना उपचारपछि घर फर्किएका छन् । १४ लाख ७१ हजार पाँच सय ९२ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

पछिल्लो २४ घण्टामा भारतमा एक हजार ३७ सङ्क्रमितले ज्यान गुमाए । अहिलेसम्म मृत्यु हुने सङ्क्रमित सङ्ख्या एक लाख ७३ हजार एक सय ५२ पुगेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

पछिल्लो समय दैनिक ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या अत्याधिक रहेको ब्राजिलमा एकै दिन ७५ हजार नौ सय ९८ जनामा कोरोना पुष्टि भयो । सङ्क्रमित सङ्ख्या एक करोड ३६ लाख ७७ हजार पाँच सय ६४ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड २१ लाख ७० हजार सात सय ७१ जना उपचारपछि निको भएका छन् ।

११ लाख ४४ हजार छ सय १३ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा ब्राजिलमा तीन हजार चार सय ६१ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन लाख ६२ हजार एक सय ८० पुगेको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा एकै दिन ७६ हजार सात सय ६७ नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड २१ लाख ४७ हजार पाँच सय ५१ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ६९ लाख ९५ हजार ५४ जना उपचारपछि निको भएका छन् ।

६८ लाख ७४ हजार चार सय ८३ जनाको उपचार जारी छ । उपचाररतमध्ये नौ हजार छ सय ७९ जनाको अवस्था चिन्ताजनक छ । पछिल्लो २४ घण्टामा आठ सय ३७ जनाले ज्यान गुमाएसँगै अमेरिकामा हालसम्म कोरोनाका कारण मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पाँच लाख ७८ हजार १४ पुगेको छ ।

विश्वमा एकै दिन सात लाख ९६ हजार पाँच सय ३३ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या १३ करोड ८८ लाख १३ हजार पाँच सय पाँच पुगेको छ । सङ्क्रमितमध्ये ११ करोड १५ लाख ९८ हजार सात सय ५६ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

दुई करोड ४२ लाख ३० हजार ४८ जनाको उपचार भइरहेको छ । उपचार जारी रहेकामध्ये एक लाख छ हजार चार सय ८५ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा १३ हजार तीन सय १३ जनाको मृत्यु भयो । हालसम्म विश्वमा ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या २९ लाख ८४ हजार सात सय एक पुगेको छ ।

jackson ribon