birat ribon

विराट गोल्ड कप : विराटनगरलाई हराउँदै एपिएफ फाइनलमा

Neuro
विराट गोल्ड कप : विराटनगरलाई हराउँदै एपिएफ फाइनलमा

विराटनगर / सशस्त्र प्रहरी बलको एपिएफ क्लब छैटौँ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलको खेलमा घरेलु टोली विराटनगर–११ लाई ३–२ गोलले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो ।

विराटनगरस्थित सहिद रङ्गशालामा भएको खेलमा एपिएफलाई जिताउन मणि लामा, सनिश श्रेष्ठ र रवि थिङले समान एक–एक गोल गरे । विराटनगरका प्रकाश बुढाथोकी र स्टेफन समीरले समान एक–एक गोल गरे ।

cura insider

खेलको निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । जसमा मणिले गोल गर्दै एपिएफलाई जिताए ।

खेलको २६औँ मिनेटमा शनी श्रेष्ठले गोल गर्दै एपिएफलाई पहिलो हाफमा अग्रता दिलाएका थिए । खेलको ५४आँै मिनेटमा स्टेफन समीरले गोल गरेपछि विराटनगर बराबरीमा फर्कियो ।

No description available.

खेलको ६७औँ मिनेटमा रवि थिङले गोल गर्दै एपिएफलाई पुनः अग्रता दिलाए । त्यसको दुई मिनेट नबित्दै प्रकाश बुढाथोकीले गोल गर्दै विराटनगरलाई फेरि बराबरीमा फर्काएका थिए ।

खेलकाे म्यान अफ द म्याच मणि लामा भए ।

अब एपिएफले फाइनलका लागि सङ्कटा र पञ्जाब पुलिसबीचको विजेता टोलीसँग उपाधिका लागि खेल्नेछ । दोस्रो सेमिफाइनलअन्तर्गत सङ्कटा र पञ्जाब पुलिसले बिहीबार साँझ ७ बजे हुनेछ ।

No description available.

विराटनगरले शनिबार पहिलो क्वार्टरफाइनलमा भारतको युनाइटेड फुटबल क्बल वेस्ट बङ्गाललाई ३–० गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो भने एपिएफले सोमबार भएको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबमाथि २–० गोलको जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

त्यसअघि आइतबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र क्लब काठमाडौँलाई २–० गोलले हराउँदै पन्जाब पुलिसले अन्तिम चारमा स्थान पक्का गरेको हो भने मङ्गलबार चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा क्यामरुनको अफ्रिकन रुट्स एसोसियसनमाथि १–० गोलको जित निकाल्दै सङ्कटा अन्तिम चारमा प्रवेश गरेको हो ।

No description available.

आगामी वैशाख ४ गतेसम्म हुने प्रतियोगितामा नेपाली र विदेशी गरेर १० टिमको सहभागिता छ । प्रतियोगिताका विजेताले १५ लाख १५ रुपैयाँ र ट्रफी तथा उपविजेताले सात लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा विभिन्न सातवटा विधामध्ये उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, व्यवस्थापक, मिड फिल्डर, डिफेन्स, गोलकर्ता र टिमले समान नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसबाहेक प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिइने छ ।

jackson ribon