birat ribon

एएफसी कप प्ले अफ : बेङ्गलुरुसँग आर्मीको लज्जास्पद हार

Neuro
एएफसी कप प्ले अफ : बेङ्गलुरुसँग आर्मीको लज्जास्पद हार

विराटनगर / एएफसी कप–२०२१ प्ले अफको दोस्रो चरणको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले लज्जास्पद हार ब्यहोरेको छ । बुधबार भएको खेलमा आर्मी भारतको बेङ्गलुरु एफसीसँग ५–० गोलले पराजित भएको हो ।

गोवास्थित जीएमसी स्टेडियममा जारी खेलमा बेङ्गलुरुलाई जिताउन राहुल भेके र क्लेटन सिल्भाले समान २–२ गोल गरे भने सुनिल क्षेत्रीले एक गोल गरे ।

cura insider

खेलको पहिलो हाफ सकिँदा आर्मी र र बेङ्गलुरुको गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा बेङ्गलुरुले पाँच गोल गरेको थियो ।

आर्मीले यसअघि पहिलो खेलमा श्रीलङ्का पुलिस स्पोर्ट्स क्लबमाथि फराकिलो जित निकालेको थियो । पहिलो चरणमा आर्मीले श्रीलङ्काली पुलिसको सामना घरेलु मैदानमा गरेको थियो ।

उक्त खेलमा फराकिलो अन्तरको जित हात पारेको आर्मीले दोस्रो चरणमा बैङ्ग्लुरुको सामना गरेको हो ।

अब बेङ्गलुरुले अम्बानी लिमिटेड ढाका र क्लब इगल्स (माल्दिभ्स) बीचको खेलको विजेतासँग खेल्नेछ । उक्त खेल ८ वैशाख ८ गते हुनेछ ।

jackson ribon