birat ribon

‘भारतमा देशव्यापी लकडाउन आवश्यक छैन’

Neuro
‘भारतमा देशव्यापी लकडाउन आवश्यक छैन’

विराटनगर / भारतमा देशव्यापी लकडाउनको आवश्यकता भने नरहेको सरोकारवालाहरूले दाबी गरेका छन् । कोरोना भाइरसको महामारी तीव्र रूपमा फैलिँदै गए पनि सानो–सानो क्षेत्रमा छुट्टा–छुट्टै रूपमा लकडाउन लागू गर्न आवश्यक हुन सक्ने, तर देशव्यापी लकडाउन एकैचोटी गर्न भने नहुने विज्ञहरूले सुझाव दिएका हुन् ।

कोरोना भाइरससम्बन्धी राष्ट्रिय प्राविधिक सल्लाहकार समूहका प्रमुख डा एन के अरोराले बुधबार देशव्यापी लकडाउन आवश्यक नभएको सिफारिस सरकारलाई गरेका छन् । उनले सानो–सानो क्षेत्रमा भने लकडाउन स्थानीय आवश्यकता र अवस्थाअनुसार लगाउनु उपयुक्त हुने धारणा पनि राखे ।

cura insider

देशभरी कोरोना भाइरसविरुद्धको खोपको अभाव नरहेको स्पष्ट पार्दै उनले उच्च प्राथमिकतामा परेकाहरूलाई खोप दिइसकेको बताए ।

jackson ribon