birat ribon

एएफसी कप प्ले अफ : पहिलो हाफमा आर्मी र बेङ्गलुरुको बराबरी

Neuro
एएफसी कप प्ले अफ : पहिलो हाफमा आर्मी र बेङ्गलुरुको बराबरी

विराटनगर / एएफसी कप–२०२१ प्ले अफको दोस्रो चरणको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र भारतको बेङ्गलुरु एफसीसँग प्रतिस्पर्धा गरिरहेको छ । गोवास्थित जीएमसी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा आर्मी र र बेङ्गलुरुको गोलरहित बराबरी खेलेका छन् ।

पहिलो खेलमा श्रीलङ्का पुलिस स्पोर्ट्स क्लबलाई हराएको आर्मी बेङ्गलुरुलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ ।

cura insider

यसअघि पहिलो चरणमा आर्मीले श्रीलङ्काली पुलिसको सामना घरेलु मैदानमा गरेको थियो । उक्त खेलमा फराकिलो अन्तरको जित हात पारेको आर्मीले दोस्रो चरणमा बैङ्ग्लुरुको सामना गरिरहेको हो ।

दोस्रो चरणको विजेता टोलिले अम्बानी लिमिटेड ढाका र क्लब इगल्स (माल्दिभ्स) बीचको खेलको विजेतासँग खेल्नेछ । उक्त खेल ८ वैशाख ८ गते हुनेछ ।

jackson ribon