birat ribon

कोरोनाबाट प्रभावित नेपाली सिनेक्षेत्र : हलमा दर्शकको अभाव खड्कियो

Neuro
कोरोनाबाट प्रभावित नेपाली सिनेक्षेत्र : हलमा दर्शकको अभाव खड्कियो

विराटनगर / नेपाली चलचित्र बजारको व्यापार २०७४–०७५ सालमा औषत थियो । दुई वर्षमा लगभग दुई सय वटा नेपाली चलचित्र रिलिज भएका थिए । जसमा आधा दर्जन चलचित्रले मात्र निर्मातालाई नाफा दिएका थिए ।

ठूला ब्यानर र चल्तिका कलाकारको चलचित्र रिलिज भएमात्र दर्शक सिनेमा हलसम्म आउने गरेका छन् । दिनप्रतिदिन तलतिर खस्किँदै गएको समयमा कोरोना महामारीले सिनेमा क्षेत्रलाई अझ धेरै प्रभावित बनायो ।

cura insider

२०७६ सालको अन्तिम महिनामा थुप्रै नेपाली चलचित्रहरू भिड्ने तरखरमा थिए । तर सरकारले वैशाख १८ गतेसम्मका लागि देशभरका सम्पूर्ण सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि चैतदेखि वैशाखसम्म प्रदर्शनमा आउने तयारीमा रहेका आधा दर्जन चलचित्रको रिलिज पनि स्थगित भयो ।

कोरोनाको प्रभाव सामान्य रहँदा प्रदर्शनमा आएका थिए, ‘आमा’ र ‘सेन्टी भाइरस’ । प्रदर्शनको दुई हप्तासम्म यी दुई चलचित्रको व्यापारमा कोरोनाले खासै ठूलो असर गरेन । तर, तेस्रो हप्ताबाट कोरोना भाइरसको डरले पूर्ण रूपमा हलमा दर्शक आउन छाडे ।

९ फागुन २०७६ पछि कोरोनाको त्रासले नयाँ नेपाली चलचित्र प्रदर्शनमा नआएपछि चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ २०७६ सालको अन्तिम चलचित्र बने । विगत नौ महिनादेखि बन्द रहेको सिनेमा हल गत पुसबाट सञ्चालनमा आयो । तर कोरोनाको त्रासका कारण निर्माताहरू चलचित्र प्रदर्शन गर्न डराएका थिए ।

अभिनेता शिव श्रेष्ठले मनोरन्जनको भ्याक्सिनको उपनाम दिँदै आफ्नो चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज गरे । तर चलचित्रले दर्शक तान्न सकेन । एक महिनाको अन्तरालपछि चलचित्र ‘गोर्खे’ पनि प्रदर्शन गरियो । तर यो चलचित्रले पनि दर्शक तान्न सकेन ।

नयाँ वर्ष २०७८ लाई मध्यनजर गर्दै तीन वटा नेपाली चलचित्र ‘लप्पन छप्पन २’, ‘कृष्णलीला’ र ‘मनसगँ मन’ रिलिज हुने तयारीमा थिए । तर कोरोनाको दोस्रो लहरका कारण तीन वटै चलचित्रले आफ्नो रिलिज मिति स्थगित गरे ।

कोरोनाको स्थिति जस्तै भएपनि सोही मितिमा (चैत २७ गते) नेपाली चलचित्र ‘गुड फ्रेन्ड’ र ‘श्री’ प्रदर्शन गरियो । गुड फ्रेन्डले खासै दर्शक नपाएपनि कमेडी–सामाजिक विषयमा निर्माण गरिएको चलचित्र ‘श्री’ ले राम्रै दर्शक प्रतिक्रिया पाएको छ ।

२०७७ सालमा जम्मा चार वटा नेपाली चलचित्र रिलिज भयो । योसँगै यस वर्षका अन्तिम चलचित्र गुड फ्रेन्ड र श्री बनेका छन् ।

jackson ribon