birat ribon

विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालकी सुमिना पराजित, तामाङ दोस्रो चरणमा

Neuro
विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालकी सुमिना पराजित, तामाङ दोस्रो चरणमा

विराटनगर / नेपाली बक्सिङ खेलाडी सुमिना खड्का पोल्यान्डमा जारी आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा पराजित भएकी छन् । बुधबार पोल्यान्डको किल्सीमा भएको खेलमा महिला ५४ किलो तौल समूहतर्फ नेपाली खेलाडी खड्का बेलारुसकी विनाराभा आर्नासित अङ्कका आधारमा पराजित भएकी हुन् ।

खड्काले तीन राउन्डसम्म प्रतिस्पर्धा गरेको नेपाल बक्सिङ सङ्घका प्रवक्ता श्यामकाजी अवालेले जानकारी दिए । उक्त प्रतियोगितामा नेपालबाट खड्का र सुष्मा तामाङ सहभागी छन् ।

cura insider

महिला ४८ किलो तौल समूहमा तामाङ वाइ पाएर दोस्रो चरणमा प्रवेश गरेकी छन् । अब उनले लिथुआनियाकी खेलाडीसित प्रतिस्पर्धा गर्नेछिन् ।

गत वर्ष चैत पहिलो साता ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट खेलमा खड्काले डेचेन शेर्पालाई तथा तामाङले रमिसा श्रेष्ठलाई पराजित गरेकी थिइन् । पोल्यान्डमा जारी प्रतियोगितामा ५२ मुलुकका दुई सय ७४ पुरुष तथा एक सय ४० महिला खेलाडीको सहभागिता रहेको छ । विश्व बक्सिङ च्याम्पियनसिप यही वैशाख १० गतेसम्म चल्ने छ ।

jackson ribon