birat ribon

विराट गोल्ड कप : पहिलो हाफमा विराटनगरमाथि एपिएफको अग्रता

Neuro
विराट गोल्ड कप : पहिलो हाफमा विराटनगरमाथि एपिएफको अग्रता

विराटनगर / छैटौँ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत अहिले पहिलो सेमिफाइनलको खेल भइरहेको छ । विराटनगरस्थित सहिद रङ्गशालामा जारी खेलमा घरेलु टोली विराटनगर–११ र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

उक्त खेलको पहिलो हाफमा विराटनगरमाथि एपिएफले अग्रता बनाएको छ । खेलको २७औँ मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै एपिएफलाई पहिलो हाफमा अग्रता दिलाए ।

cura insider

यस खेलको विजेता टोलीले फाइनलका लागि सङ्कटा र पञ्जाब पुलिसबीचको विजेता टोलीसँग उपाधिका लागि खेल्नेछ । विराटनगरले शनिबार पहिलो क्वार्टरफाइनलमा भारतको युनाइटेड फुटबल क्बल वेस्ट बङ्गाललाई ३–० गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

यता, एपिएफ भने सोमबार भएको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबमाथि २–० गोलको जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

jackson ribon