birat ribon

आफू प्रधानमन्त्री हुन नपाएपछि प्रतिगमन भयो भनेर कराउँदै हिँडे : प्रधानमन्त्री ओली

Neuro
आफू प्रधानमन्त्री हुन नपाएपछि प्रतिगमन भयो भनेर कराउँदै हिँडे : प्रधानमन्त्री ओली

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेहरूले आफ्नो सत्ता कब्जा गर्ने महत्वाकाङ्क्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाएको बताएका छन् । शनिबार काठमाडौँमा लोकतन्त्रका योद्धालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

आफू प्रधानमन्त्री हुन नपाएपछि प्रतिगमन भयो भनेर कराउँदै हिँडेको बताउँदै ओलीले संविधान, व्यवस्था र जनताको अधिकार, लोकतन्त्रका मूल्य र मान्यता केही पनि नखोसिएको तर केही मान्छेका इच्छा र आकाङ्क्षा पूरा हुन नसकेकाले त्यस्ता मान्छेहरूले प्रतिगमन भयो भनेर हल्ला चलाउने काम गरेको बताए ।

cura insider

अहिलेको व्यवस्था र व्यवस्था सञ्चालन गर्ने संविधान खोसियो भने मात्रै प्रतिगमन हुने पनि उनले भने, ‘एकथरी मान्छे आफू प्रधानमन्त्री हुन पाएन भने प्रतिगमन भयो भनेर आँगनमा निस्केर कराउन थाल्छन् । अहिले त्यस्तै केही स्यालहुइँया चलाउने मान्छेहरू छन् । के हो प्रतिगमन भनेको ?’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले लुटपाट गरेर भएपनि सरकारमा पुग्ने चाहना पूरा नहुँदा प्रतिगमन नहुने बताए ।

आफूले ध्वस्त पार्न खोज्ने र ध्वस्त पार्न नसकेपछि प्रतिगमनको हल्ला चलाउने काम भएको पनि बताउँदै उनले भने, ‘केही मान्छेहरूको महत्वकाङ्क्षा पूरा हुन पाएन । लुटपाट गरेर लुटेरा तरिकाले सरकारमा पुग्न पर्ने त्यो कुरा रोकियो त्यसो भएपछि प्रतिगमन भयो । आफूले ध्वस्त पार्न खोज्ने ध्वस्त पार्न सकेन भने प्रतिगमन भयो भनेर हल्ला चलाउने ।’

आफ्नो पार्टी तोडफोड गरेर अर्को पार्टीलाई प्रधानमन्त्री भइदिनुहोस भन्दै हिँड्नेहरूले क्रान्तिका कुरा गर्न नसुहाउने पनि प्रधानमन्त्री ओलीले बताए ।सरकारले गरेको परिवर्तन, स्थायित्व, अग्रमन, विकासको लहर सबै कुराहरुलाई जनताले बुझ्ने प्रयास गरिराखेको पनि बताए । हिजोका पीडा, घाउ र समस्याको सम्बोधन गर्न विकासका कामहरूलाई तीव्र गतिमा अगाडि बढाइएको पनि उनले बताए ।

jackson ribon