birat ribon

कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिने

Neuro
कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिने

काठमाडौंँ । नेकपा एमालेले समर्थन फिर्ता लिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । अल्पमतमा परेपछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिने भएका हुन् ।

विश्वासको मत लिने बारेमा प्रदेशसभा सचिवालयलाई मुख्यमन्त्री शाहीले जानकारी गराएका छन् ।

cura insider

मुख्यमन्त्रीले मंगलबार प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै विश्वासको मत लिनका लागि व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । उनले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिने प्रायोजनका लागि आवश्यक व्यवस्था मिलाइदिन भन्दै प्रदेशसभामा पत्र पठाएका छन् ।

प्रदेशसभाको बैठक वैशाख ३ गतेका लागि आह्वान गरिएको छ ।

jackson ribon