birat ribon

विराटनगरमा थपिए १५ कोरोना सङ्क्रमित, प्रदेशमा एक सय ७९ पुगे सक्रिय सङ्क्रमित

Neuro
विराटनगरमा  थपिए १५ कोरोना सङ्क्रमित, प्रदेशमा एक सय ७९ पुगे सक्रिय सङ्क्रमित

विराटनगर । विराटनगरमा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा जाँच गर्दा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार प्रदेश १ मा २० जना कोरोना सङ्क्रमित भेटिएका छन् । ती मध्ये विराटनगरका मात्रै १५ जना हुन् ।

cura insider

विराटनगरमा सङ्क्रमण पुष्टि भएकाहरु मध्ये अधिकांश भारतसँग ट्राभल हिस्ट्री जोडिएकाहरु छन् । मन्त्रालयका अनुसार पथरीशनिश्चरेमा १, सुनसरीको धरानमा २ मा सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ । यो सँगै प्रदेश १ मा सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ७९ पुगेको छ ।
प्रदेश १ मा आज २२६ जनाको पीसीआर परीक्षण गरिएको थियो । ती मध्ये ९ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

jackson ribon