birat ribon

विराटनगरमा छोराको कुटाइबाट बुबाको मृत्यु

Neuro
विराटनगरमा छोराको कुटाइबाट बुबाको मृत्यु

विराटनगर । छोराको कुटाइबाट विराटनगरमा एक वृद्धको मृत्यु भएको छ । विराटनगर महानगरपालिका– ५ का ६५ वर्षीय काले साहको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार नोबेल मेडिकल कलेजमा उपचारका क्रममा साहको मृत्यु भएको हो । गत चैत २६ गते घरासयी विवादमा २९ वर्षीय छोरा अजयले वृद्ध बुबामाथि निर्घात कुटपिट गरेका थिए ।

cura insider

कुटपिटबाट गम्भिर घाइते उनलाई उपचारका लागि नाबेल मेडिकल कलेज विराटनगरमा भर्ना गरिएको थियो । नोबेलमा बुधबार बिहान करिब ८ बजे मृत्यु भएको हो ।

घरायसी विवादमा बुबामाथि कुटपिट गरी अजय फरार भएका थिए । प्रहरीले बुधबार नै अजयलाई पनि पक्राउ गरेको छ । लुकछिपी बसेको अवस्थामा कुटपिटमा संलग्न छोरालाई पनि पक्राउ गरिएको खड्काले जानकारी दिए ।

चैत २९ गते मदिरा सेवनपछि विवाद हुँदा मोरङको विराटनगर महानगरपालिका– ८ का ५४ वर्षीय विको सहनी मुखियाकाे छोराले नै हत्या गरेका थिए । शनिबार राति बुबा छोराबीच विवाद भएको थियो । विवादका क्रममा माइलो छोरो रबिले धकेल्दा मदिराले मातिएका बुबा लडेका थिए । लड्दा उनको घाटीमा बासको भाटाले छेडेको थियो । गम्भिर घाइते भएका विकोको उपचारका क्रममा कोसी अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।

jackson ribon