birat ribon

‘सञ्चार–शुभकामना’ आदानप्रदानमा विद्युतीय बिगबिगी

Neuro
‘सञ्चार–शुभकामना’ आदानप्रदानमा विद्युतीय बिगबिगी

कन्टिर–बाबू उवाच– सबैलाई भव्य शुभकामना वर्ष २०७८ को !
नेपाली जगतमा आज खुसियाली व्याप्त रहेको दाबी गरिएको छ । केही दिनअघि नेपाल विश्वकै खुसी मुलुकको सूचीमा अग्र–स्थानमा रहेको तथ्य सार्वजनिक गरिएको थियो । तर यो वास्तविकता हो, होइन ? कन्टिर–बाबूलाई शङ्का छ ।

हिन्दीमा एउटा चर्चित गीत छ–कहीँ दीप जले कहीँ दील । नयाँ वर्षको अवसर हुनेखानेले हर्षोल्लास मनाउलान्, दीपोत्सव पनि गर्लान् तर नहुनेहरू नि ! तिनले हृदयभरि अटेसमटेस पीडा लुकाएर फिस्स हाँसेर मुखले ह्यापी न्यू इयर भन्नुभन्दा बाहेक के विकल्प छ र ? स्वरसम्राट नारायणगोपालले गाए जस्तो मुटुमाथि ढुङ्गा राखी हाँस्नुप¥या छ ।

cura insider

कहिलेकाहीँ कन्टिर–बाबु सोच्न बाध्य हुन्छन्, मानिसको जीवनमा यो वर्षहरूको आगमन र प्रस्थानको के नै सम्बन्ध हुन्छ र ? हिजोजस्तो नै त छ आज पनि । यस अवस्थामा गते र तिथिमिति परिवर्तनको के अर्थ ?

विभिन्न चाडपर्व, उत्सव, विविध निर्वाचनलगायत अवसरमा हुने दिक्कलाग्दो सञ्चार–व्यवस्थापन, मोबाइल फोनमा सन्देश र सामाजिक सञ्जालमा विविध प्रकारका सन्देश देखेर कन्टिर–बाबुलाई उदेक लागेको छ ।

हाम्रो समाजमा दिन फेरिए पनि प्रवृत्ति फेरिन्न । फेरिन चाहँदैन पनि । यस्तोमा कन्टिर–बाबू पात्रोसँगै पात्र र प्रवृत्ति पनि फेरियोस् भन्ने कामना गर्छन् र नयाँ वर्ष २०७८ को हार्दिक मङ्गलमय शुभकामना दिन्छन् ।

जहाँसम्म शुभकामना लिनेदिने कुरा छ । यस सन्दर्भमा पछिल्लो समयमा विकसित प्रवृत्तिप्रति पनि कन्टिर–बाबूको असहमति छ । अरे यार, आत्मीयता र अपनत्वबिनाको विद्युतीय शुभकामनाको बिगबिगी किन ? के अर्थ छ यो केवल कपी–पेस्ट र फरवार्डवाला औपचारिकताको ?

विभिन्न चाडपर्व, उत्सव, विविध निर्वाचनलगायत अवसरमा हुने दिक्कलाग्दो सञ्चार–व्यवस्थापन, मोबाइल फोनमा सन्देश र सामाजिक सञ्जालमा विविध प्रकारका सन्देश देखेर कन्टिर–बाबुलाई उदेक लागेको छ । यस्तो पृष्ठभूमिमा कन्टिर–बाबूको प्रश्न छ– यो ‘सञ्चार–शुभकामना’ आदानप्रदानको आर्थिक र मनोसामाजिक विश्लेषण कतैबाट भएको छ ?
एकपटक पुनः शुभकामना !

jackson ribon