birat ribon

विराट गोल्ड कप : पहिलो सेमिफाइनलमा विराटनगर र एपिएफ भिड्दै

Neuro
विराट गोल्ड कप : पहिलो सेमिफाइनलमा विराटनगर र एपिएफ भिड्दै

विराटनगर / छैटौँ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आजबाट सेमिफाइनलका खेल सुरु हुँदै छन् । आज साँझ ७ बजेबाट विराटनगरस्थित सहिद रङ्गशालामा हुने पहिलो सेमिफाइनल खेलमा घरेलु टोली विराटनगर–११ ले सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग खेल्नेछ ।

यस खेलको विजेता टोलीले फाइनलका लागि सङ्कटा र पञ्जाब पुलिसबीचको विजेता टोलीसँग उपाधिका लागि खेल्नेछ ।

cura insider

विराटनगरले शनिबार पहिलो क्वार्टरफाइनलमा भारतको युनाइटेड फुटबल क्बल वेस्ट बङ्गाललाई ३–० गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

यता, एपिएफ भने सोमबार भएको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबमाथि २–० गोलको जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

त्यसअघि आइतबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र क्लब काठमाडौँलाई २–० गोलले हराउँदै पन्जाब पुलिसले अन्तिम चारमा स्थान पक्का गरेको हो भने मङ्गलबार चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा क्यामरुनको अफ्रिकन रुट्स एसोसियसनमाथि १–० गोलको जित निकाल्दै सङ्कटा अन्तिम चारमा प्रवेश गरेको हो ।

आगामी वैशाख ४ गतेसम्म हुने प्रतियोगितामा नेपाली र विदेशी गरेर १० टिमको सहभागिता छ । प्रतियोगिताका विजेताले १५ लाख १५ रुपैयाँ र ट्रफी तथा उपविजेताले सात लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा विभिन्न सातवटा विधामध्ये उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, व्यवस्थापक, मिड फिल्डर, डिफेन्स, गोलकर्ता र टिमले समान नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसबाहेक प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिइने छ ।

jackson ribon