birat ribon

आइपिएल : मुम्बईको पहिलो जित, कोलकता पराजित

Neuro
आइपिएल : मुम्बईको पहिलो जित, कोलकता पराजित

विराटनगर / इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) मा साविक विजेता मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । मङ्गलबार भएको खेलमा मुम्बईले कोलकता नाइट राइडर्समाथि १० रनको जित निकालेको हो ।

मुम्बईले दिएको एक सय ५३ रनको लक्ष्य पछ्याएको कोलकता निर्धारित २० ओभर खेल्दा सात विकेटको क्षतिमा एक सय ४२ रन मात्र बनाउन सक्यो ।

cura insider

कोलकताका नीतिश रानाले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा पनि टोलीलाई जिताउन सकेनन् । यस्तै, शुभ्मन गिलले ३३ रन जोडे भने अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।

बलिङतर्फ मुम्बईका राहुल चाहारले ४ विकेट लिए भने ट्रेन्ट बोल्टले २ तथा क्रुनाल पाण्ड्याले १ विकेट लिए ।

त्यसअघि चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५२ रन बनाएको थियो ।

मुम्बईका लागि सूर्यकुमार यादवले ५६ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान रोहित शर्माले ४३ रन जोडे । हार्दिक पाण्ड्या र क्रुनाल पाण्ड्याले समान १५ रन जोडे ।

कोलकताका आन्द्रे रुसेलले ५ विकेट लिए भने प्याट कुमिन्सले २ तथा वरुण चक्रवर्थी, शाकिव अल हसन र प्रसिद्ध कृष्णले समान १–१ विकेट लिए ।

जितसँगै मुम्बई दोस्रो स्थानमा उक्लिएको छ । उसले २ खेलमा २ अङ्क जोडेको छ । पाँचौँ स्थानको कोलकतासँग पनि २ अङ्क नै छ ।

jackson ribon