birat ribon

पोर्टोसँग पराजित चेल्सी अन्तिम चारमा

Neuro
पोर्टोसँग पराजित चेल्सी अन्तिम चारमा

विराटनगर / इङ्ग्लिस क्लब चेल्सी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । । मङ्गलबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोसँग १–० गोलले पराजित भएपनि समग्रमा २–१ को नतिजासहत चेल्सीले अन्तिम चारको यात्रा तय गरेको हो ।

Image

यसअघि पहिलो लेगको खेलमा चेल्सीले पोर्टोमाथि २–० गोलको जित दर्ता गराएको थियो । गए राति स्पेनस्थित सेभिल्लाको मैदान रामोस सान्चेजमा पोर्टोलाई जिताउन मेहदी टारेमीले निर्णायक गोल गरे ।

cura insider

उनले खेलको इन्ज्युरी समयमा गोल गरेका थिए । उनी च्याम्पियस लिगमा गोल गर्ने पहिलो इरानी खेलाडी पनि बने ।

Image

चेल्सीमाथि जित निकाल्दा पनि अघिल्लो लेगमा हारेका कारण पोर्टो च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट नै बाहिरियो ।

jackson ribon