birat ribon

पिएसजी सेमिफाइनलमा, बायर्न बाहिरियो

Neuro
पिएसजी सेमिफाइनलमा, बायर्न बाहिरियो

विराटनगर / साविक उपविजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) युरोपको सर्वाधिक ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा साविक विजेता बायर्न म्युनिखसँग १–० गोलले पराजित भएपनि अवे गोलका आधारमा पिएसजीले अन्तिम चारको यात्रा तय गरेको हो ।

Image

पहिलो लेगमा ३–२ गोलको जित निकालेको पिएसजीले आफ्नो मैदानमा बायर्नलाई आतिथ्यता प्रदान गरेको थियो । जसमा १–० गोलले हारेपछि खेल समग्रमा ३–३ नतिजासहित सकिएको थियो । तर अवे गोलका आधारमा उसले सेमिफाइनमा स्थान पक्का गरेको हो ।

cura insider
Image

गए राति बायर्नलाई जिताउन इरिक म्याक्सिम चौपो–मोटिङले निर्णायक गोल गरे । उनले खेलको ४०औँ मिनेटमा गरेको गोल नै बायर्नको जितमा निर्णायक बन्यो ।

दोस्रो लेगमा जित निकाले पनि साविक विजेता बायर्न अवे गोलका आधारमा पछि पर्दै च्याम्पियन्स लिगबाट बाहिरियो ।

Image

jackson ribon