birat ribon

इन्डोनेसियामा ‘सेरोजा’ आँधीबाट एक सय ७८ जनाको मृत्यु

Neuro
इन्डोनेसियामा ‘सेरोजा’ आँधीबाट एक सय ७८ जनाको मृत्यु

विराटनगर / इन्डोनेसियाको पूर्वी प्रान्त नुसा टेङ्गगारामा सेरोजा नाम दिइएको आँधीबाट एक सय ७८ जनाको मृत्यु भएको छ । सरकारी स्रोतले जनाएअनुसार यस प्रकोपबाट एक सय ७८ जनाको मृत्यु हुनको साथै अन्य ४७ जना बेपत्ता भएका छन् ।

यसअघि इन्डोनेसियामा केही दिनअघि मात्र बाढी पहिरोबाट दर्जनौँ व्यक्तिको मृत्यु भएको थियो भने सयौँको सङ्ख्यामा विस्थापित भएका थिए । यद्यपि, मङ्गलबार दिउँसो देशको प्रकोप न्यूनीकरण एजेन्सीले आयोजना गरेको भर्चुअल प्रेस सम्मेलनमा प्रान्तीय अधिकारीले विस्थापित व्यक्तिहरूको संख्या घटेको जानकारी दिएका छन् ।

cura insider

उनका अनुसार हाल अस्थायी आश्रयस्थलमा सात हजार आठ सय ९५ जना मात्र बसिरहेका छन् । यसअघि बाढी पहिरोको प्रकोपबाट सताइएका ३४ हजार आठ सय ३८ जना अस्थायी आश्रयस्थल बस्दै आएका थिए ।

jackson ribon